Spread the love

२९।भदाै

५७ औँ  राष्ट्रिय बाल दिवस आज (मङ्गलबार) परेको छ । बाल अधिकार रक्षाका लागि  देशभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिएको छ ।

नेपालमा प्रत्येक वर्ष भदौ २९ गते यो दिवस पर्ने गरेको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।

विक्रम सम्वत् २०२१ भदौ ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । भारत भ्रमणमा रहेका बेला महात्मा गान्धीको आफ्नो जन्म दिनमा बाल दिवस मनाएको देखेपछि तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहले पनि नेपालमा आफ्नो जन्मदिन पारेर बाल दिवस मनाउने प्रचलन बसाएकी हुन् ।

त्यसपछि रत्न राज्यलक्ष्मीदेवी शाहको जन्म दिन पारेर भदौ ४ लाई बाल दिवस बनाइने चलनस सुरु भयो । भदौ ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो । अन्ततः २०६३ देखि मुलुक गणतान्त्रिक पथमा लम्कदै गर्दा नेपालले भदौ २९ लाई बाल दिवसका रूपमा स्थापित गर्यो ।

बालबालिकाहरूलाई ज्ञान, संस्कार, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विजारोपण गर्न जरुरी रहेको सरोकारवालाहरु बताउँछन्  । यस वर्ष कोरोना महामारीका कारण बालबालिकाको उपस्थितिमा यो दिवस मनाउन सम्भव नहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!