२९।कार्तिक।
भगतराम चाैधरी
थारु चलचित्र तथा सास्कृतिक संघ तदर्थ समिति मोरङको पुनरगठन तथा नयाँ नेतृत्व जिल्ला कार्य समिति गठन दुहवी था.क.स. भवनमा सम्पन्न भएको छ। संघ अन्तरगत कार्य समिति गठन सम्बन्धमा, अनुशासन तथा निष्कासनकाे बिषयमा भेला आयोजना गरिएको थियॊ।
भेलामा थारु चलचित्र तथा सस्कृतिक संघका केन्द्रिय अध्यक्ष परशु राम चौधरीको बिशेष उपस्थिति रहेको थियो। पुनरगठन गर्ने अवसरमा बोल्दै अहिले धेरै जसो कलाकारहरु कलाकारिताको “क” सम्म नजान्ने पैसाको आडमा सजिलै कलाकार बन्ने र संघर्स गरेर कलाकार बन्ने हरुको मर्म बारे बताएका थियाे। मेहनत गरेर अगाडी बढ्न अबका पुस्ताका कलाकारहरुलाई सुझाब सल्लाहा समेत दिएका थिए।
थारु चलचित्र तथा सास्कृतिक संघ तदर्थ पुर्व कार्य समिति पदमा अध्यक्ष राज नारायण चौधरी (सेन ), उपाध्यक्ष राम बिश्वाश, अध्यक्ष निलम खवास, कोषाध्यक्ष राजेन्द्र भगत, महासचिव प्रवलदीप बिश्वाश राजबंशी र सल्लाहकार प्रभु परमानन्द चौधरी थिए भने समितिबाटै सर्व सम्मत नयाँ समिति पुनरगठन तथा जिल्ला कार्य समिति गठन गरिएको थियो।
नयाँ कार्य समिति अन्तर्गत सर्वसहमत बर्जु ४ का कृष्ण चौधरी अध्यक्ष, बरिष्ट उपाध्यक्ष निलम खवास, उपाध्यक्ष लिजा कौशल चौधरी महासचिब अजय सरदार (थारु ), सचिब जीवन चौधरी, कोषाध्यक्षमा राजेन्द्र भगत, रेनुका चौधरी रहेका छन भने उपाध्यक्ष पदमा प्रवलदीप बिश्वाश राजबंशी रहेको छ। सल्लाहकारहरुमा राज नारायण चौधरी (सेन ) राम बिश्वाश, प्रभु परमानन्द चौधरी रहेका छन।
यसैगरि सदस्यहरुमा कंचन बिश्वाश, कमला माझि, मेनुका माझि, जय नारायण चौधरी, राजा बाबु बिश्वाश, करण सरदार (थारु ) लाई चयन गरिएको छ ।
