प्रदेश १ मा बृहत रास्ट्रीय चलचित्र महोत्सब आयोजना गर्ने

Spread the love

२७ कात्तिक, मोरंग, भगत

प्रदेश १ मा बृहत रास्ट्रीय चलचित्र महोत्सब आयोजना गर्ने उधेश्यका साथ चलचित्र बिकाश बोर्डले सरोकारवालासङ आज भेटघाट गरेको छ ।


 

पहिलो चरणमा सुनसरी र मोरङ जिल्लाका सरोकारवालालाई बोर्डले भेटघाट गरेको हो। चलचित्र बिकास बोर्डले बराहक्षेत्र नगर पालिकाका मेयर निलम खनाल, धरान उपमहानगर पालिकाका मेयर तिलक राई, सुनसरी उधोग बाणिज्य सङ्का अध्यक्ष गिरिधारी सापकोटा, होटल एसोसिएसनका अध्यक्ष सरोज भट्टराई र उधोग बाणिज्य सङ्ग इटहरीका अध्यक्ष भिम पौडेल लगायतलाई भेटेका छन् । अब दोश्रो चरणमा प्रदेशका अन्य जिल्लामा पनि भेटघाटको कार्यक्रम गरिने बोर्डका अध्यक्ष दयाराम दहालले बताए । चलचित्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको उनले बताए । यस पटक विभिन्न शहरमा स्थानीय चलचित्र तथा छनौटमा परेका चलचित्र प्रदर्सन गरिनेछ । यो प्रदेश १ को गौरव भएको चलचित्र कर्मी महासङका अध्यक्ष अरुण प्रधानले बताए । भेटघाटमा अध्यक्ष दयाराम दहाल सङै बोर्ड अधिकृत प्रभाकर भटराई, निर्माता सङका सदस्य ज्योतिराज राई, निर्माता सङ प्रदेश १ का अध्यक्ष चिरञ्जीवी बस्नेत, चलचित्रकर्मी महासङ्गका अध्यक्ष अरुण प्रधान, चलचित्रकर्मी हिमाल दहाल, रबिन श्रेष्ठ, महासचिब दिनेश कोइराला र निर्देशक समाजका सदस्य भीषण राईको सहभागिता रहेको थियो । चलचित्र बिकास बोर्डले भोलि प्रदेश सरकार सङै, इटहरी नगरपालिका र बिराटनगर उपमहानगर पालिका मेयरसङ्ग पनि भेटघाटको कार्यक्रम राखेको बोर्डका अधिकृत प्रभाकर भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *