कार्तिक २९ साेमबार
रबिन्द्र बराल

ईलाका प्रहरी कार्यालय द्वारा नागरिक सुनवाई कार्यक्रम गरेको छ । रंगेली नगरपालिकाकाे वडा नम्बर ६ मा रहेको ईलाका प्रहरी कार्यालय रंगेलीकाे प्राङ्गणमा नगरिक सुनवाई कार्यक्रमकाे आयोजना गरेको छ ।
कार्यक्रममाका प्रमुख अतिथि रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, समाजसेवी सुरेश मिश्र , सामुदायिक प्रहरी सेवेका अध्यक्ष मचिन्द्र कटुवाल माउन्ट मकालु बाेडिङ स्कुलका प्रिन्सिपल भक्तराज सुब्बा बडा अध्यक्ष तथा विभिन्न पाटिका प्रतिनिधि महिला संन्जालका प्रतिनिधि लगायतको उपस्थित रहेको थियोे ।
कार्यक्रममा प्रहरीकाे काम कर्तव्य राम्रो संग गरिरहेको र सहभागी हरुले पछिल्लो समयमा रंगेलीमा युवाहरु लागुऔषध तथा दुर्वेशनी मा फस्दै गएकाे र प्रहरी र स्थानीय युवाहरु लाई नियन्त्रण गर्न नसेकेमा भयावह अवस्था समेत आउन सक्ने सहभागी हरुले बताए ।
त्यसैगरी ट्रिपर आतंक , गाउँ घरमा भुसिया कुकुरको कारणले गर्दा खसी बाख्रा लाई मार्न थालेकाे र रातिको समयमा सडकमा आवतजावत गर्ने सर्वसाधारण हरु लाई समेत झम्टने गरेको हुनाले त्यस लाई पनि नियन्त्रणमा गर्नुपर्ने कुरामा नगरपालिका लाई सुझाव समेत दिएका छन । प्रहरीले अहिलेसम्म नागरिकका लागि राम्रो शान्ति सुरक्षा दिदै आएता पनि अझै प्रहरीले बजार क्षेत्रमा मात्रै नभए र गाउँ घरमा समेत रातिको समयमा गस्ती गर्नुपर्ने कुरामा सुझाव समेत दिएका छन
। कार्यक्रममा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । प्रतिवेदनमा प्रहरीले नेपालको संविधान तथा प्रचलित ऐन कानुनहरुको अधिनमा रहेर नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गर्दै आइरहेको समेत जानकारी दिएकाे छ । त्यसैगरी प्रहरीले एक बर्षे प्रतिवेदनमा समेत प्रस्तुत गरेका थिए । मुद्दा दर्ता १सय ८३ फर्चाेट १ सय ९ र बाँकी ८२ , दुई बर्षकाे अबधिमा फरार ६१ जना घरेलु मदिरा ४ हजार ७ सय १० लिएर बरामद र निवेदन ३९ मध्ये २९ सहमति लगायत काे प्रतिवेदन पेस गरिएको थियो ।
समुदाय प्रहरी साझेदारी अवधारणाट अन्तर्गत रही महिला हिंसा, घरेलु हिंसा, लागु औषध, साईबर अपराध, जातीय छुवाछुत तथा भेदभाव लगायतका विषयवस्तुहरुलाई समेटेर सचेतनामुलक कार्यक्रमहरु २९ बटा संचालन समेत गरेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । रंगेली नगरपालिकाको आर्थिक सहयोगमा यस कार्यालय परिसर भित्र नागरिक सहायता भवन निर्माण गरिएको र मातहतका प्रहरी युनिट हरुलाई नगरपालिकाले साथ सहयोग गर्दे गहिरहेकाे समेत उल्लेख गरिएको थियोे ।
साथै विभिन्न किसिमका विपदको समयमा उद्धार कार्य र क्षति न्युनिकरणको लागि खटिएको एवं कोभिड १९ को प्रकोपको समयमा नेपाल सरकारबाट तोकिएका स्वास्थ्य मापदण्डको पालना गराउने एवं बन्दाबन्दीको पालना गराउने कार्यमा स्थानिय निकाय संग समन्वय गर्दै निर्वाह गरेको भूमिका काे पनि उल्लेखनीय रहेको प्रतिवेदनमा प्रस्तुत गरिएको थियोे ।