जहदा भेट्रानस गोल्डकपको उद्धघाटन प्रदेश १ का संसद सुर्यमाराज राईले गर्याे।थारु पाेर्टल

Spread the love

२९।कार्तिक।कानेपोखरी 

विद्यानन्द चाैधरी

मोरङकाे कानेपोखरी ५ जहदामा  आइतबारबाट  जहदा भेट्रानस गोल्डकपको उद्धघाटन प्रदेश १ का संसद सुर्यमाराज राईले एमपायरलाई बल हस्तानतरण गरेर गरेका हुन।

उद्धघाटन एभरेष्ट भेट्रानस मोरङ र हाम्रो धरान भेट्रानस बिच भएकाे थियाे जसमा  एभरेष्ट भेट्रानस मोरङ्लाई ४-२ को गोल अन्तरले टाइब्रेकरमा हराउँदै हाम्रो धरान भेट्रानसले सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने खेलको दोश्रो हाफ सुरू भएसँगै धरानका लागि जनकराज सुनुवारले १ गोल गरेर टिमलाई अग्रता दिलाएकाे थियाे ।

केही मिनेटपछि एभरेष्ट भेट्रान मोरङका भुवनसिहं राईले १ गोल फर्काउदैँ खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित समयमा बराबरी १-१ गोल मात्र भएपछी निर्णयका लागि खेललाई टाइब्रेकरमा लगिएएको थियो । दुवै टिमका ४-४ जना खेलाडीहरूले पेनाल्टी सुट गर्दा धरान भेट्रानसका सबै खेलाडीले गोल गरे भने एभरेष्ट भेट्रानस मोरङ्ले २ गोल मात्र गर्न सफल भयो ।र धरान भेट्रानस बिजेता बन्याे ।

उद्घाटन खेलको म्यान अफ दि म्याच धरान भेट्रानसका जनकराज सुनुवार घोषित भयाे । उनले १५ सय रुपैयाँ नगदसहित ट्रफी सिहं देवी मावी का प्रअ दिपक थापा र खेल संयोजक डेनिम राईले दिएका थिए ।  आज आयोजन जहदा भेट्रानस र मर्निङ भेट्रानस बिराटनगरका बिच खेल हुने खेल संयोजक डेनिम राईले बताए ।

 

नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भइरहेको यस भेट्रानस गोल्डकपमा ८ भेट्रानस टिमको सहभागिता रहेको छ । जसअन्तर्गत भेट्रानस टिमहरू धरान, इटहरी, विराटनगर, नपलपरासी, दमक, बिर्तामोड, एभरेष्ट मोरङ, जहदा भेट्रानस रहेका छ्न । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ६५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ्न । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्या हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।

 

कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा सञ्चालन भइरहेको खेल मंसिर ५ गतेसम्म चल्नेछ । खेललाई नमस्ते ट्रेडर्सले मुख्य प्रायोजन गरेको छ भने लुम्बिनी रेष्टुरेन्ट एण्ड बारले सह–प्रायोजकको रूपमा सहयोग गरेको छ । उद्धघाटन कार्यक्रमको प्रमुख अतिथ्यता नेपाली काग्रेस प्रदेश १ का संसद सुर्यमाराज राईले गरेका थिए भने विशिष्ट अतिथ्यता अखिल नेपाल फुटबल संघ मोरङ दिपेन्द्र धिमालको रहेको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, खेलप्रेमी लगायत विभिन्न क्षेत्रमा संलग्न भएका व्यक्तीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

 

खेलमा शुभकामना मन्तव्य राख्दैँ प्रमुख अतिथी राईले खेल क्षेत्रको बिकास र प्रवर्द्धनका लागि सधैंव आफ्नो तर्फबाट साथ र सहयोग रहने बताए । उनले भने, ‘ खेल जिवनबाट केहि हदसम्म टाढा भइसकेका खेलाडीहरूलाई पुनः खेल क्षेत्रमा एउटा स्थान दिएकोमा आयोजकलाई धन्यवाद दिए । साथै उनले आगामी दिनमा पनि यस्तैखाले प्रतियोगिताको आयोजना निरन्तर गरिरहन आयोजकलाई शुभकामना समेत प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *