जहदा भेट्रानस गोल्डकपमा आयाेजक पुग्याे सेमी फाईनलमा ।थारु पाेर्टल

Spread the love
२९।कानेपोखरी ।
कानेपोखरी ५ जहदामा सञ्चालन भइरहेको “जहदा भेट्रानस गोल्डकप-२०७८” को दोश्रो दिनको खेलमा मर्निङ भेट्रानस बिराटनगरलाई २-० गोल अन्तरले हराउँदै आयोजक जहदा भेट्रानससेमिफाइनलको यात्रा सुरक्षीत गरेको छ ।
गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा दुवै टिमले निकै राम्रा अवसरहरू पाएपनि गोल गर्न भने सकेनन् । दोश्रो हाफको १३ औं मिनेटमा जहदाका लागि नगेनमनि लिम्बुले आकर्षक गोल गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाएका थिए । त्यसको ६ मिनेट पश्चात् पुनः जहदाकै लागि १९ औं मिनेटमा रमेश गुरुङले अर्को गोल गर्दै जहदा भेट्रानसलाई २-० सहज जित दिलाए ।
खेलको म्यान अफ दि म्याच आयोजक जहदा भेट्रानसका नगेनमनि लिम्बू घोषित भए । उनले १५ सय नगद सहित आकर्षक ट्रफी हात पारे । भोलि बिर्तामोड भेट्रानस र दमक लखनपुर भेट्रानसका बिच खेल हुने खेल संयोजक डेनिम राईले बताए । नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भइरहेको यस भेट्रानस गोल्डकपमा ८ भेट्रानस टिमको सहभागिता रहेको छ ।
जसअन्तर्गत भेट्रानस टिमहरू धरान, इटहरी, विराटनगर, नपलपरासी, दमक, बिर्तामोड, एभरेष्ट मोरङ, जहदा भेट्रानस रहेका छ्न । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ६५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ्न । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्या हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए । कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा कार्तिक २८ गते उद्घाटनसँगै सुरु भएको खेल मंसिर ५ गतेसम्म चल्नेछ । खेललाई नमस्ते ट्रेडर्सले मुख्य प्रायोजन गरेको छ भने लुम्बिनी रेष्टुरेन्ट एण्ड बारले सह–प्रायोजकको रूपमा सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *