२९।कार्तिक।

नेकपा एमालेको दशौं महाधिवेशनका लागि मोरङबाट पनि सर्वसहमत रुपमा प्रतिनिधि छानिएका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट सर्वसहमतिरूपमा प्रतिनिधि छानिएका छन् । दशौं महाधिवेशन प्रतिनिधिमा योगेन्द्र मंडल पनि सर्वसहमतिमा छानिएका छन् । उनी प्रदेश कमिटी सदस्य तथा जीवन विकास समाजका संस्थापक समेत हुन् । मोरङबाट ५७ जना प्रतिनिधि छानिनु पर्नेमा यसअघि १ सय ७० जनाले मनोनयन दर्ता गरेका थिए ।



तर, अध्यक्ष केपी शर्मा ओलीले सर्व सहमति प्रतिनिधि छान्न बढी प्राथमिकता दिएकाले आफूहरुले सर्वसहमतिमा प्रतिनिधि छानेको योगेन्द्र मंडलले जानकारी दिए । ‘यो एकता महाधिवेशन हो भनेर अध्यक्षले भनेअनुरुप हामीले सर्वसहमत रुपमा महाधिवेशन प्रतिनिधि छानेका हौँ’ योगेन्द्र मंडलले भने , ‘यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।’ मोरङमा यो सहमतिमा प्रतिनिधि चयन हुनुमा विनोद ढकाल र ऋषिकेश पोखरेलको विशेष भूमिका रहेको बताइएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रदेश एकका सचिव विनोद ढकालले सर्वसहमत प्रतिनिधि चयनका लागि एमाले नेता तथा कार्यकर्ताहरुकाे उत्साह नमर्नेगरि सहजीकरण गरेका थिए । योगेन्द्र मंडल भने यस पटक क्षेत्र नं ५ बाट चुनाव लडने समेत बताईएकाे छ ।