पथरीशनिश्चरेकाे वार्षिक कार्यप्रगति विवरण प्रस्तुत ।थारु पाेर्टल

Spread the love

२९ कार्तिक /

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आज सोमबार आर्थिक वर्ष २०७७/०७८ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा भएको गोष्ठीमा नगर प्रमुख राईले वर्षभरीको कार्यप्रगति विवरण पत्रकारहरु समेत सहभागी गराई समीक्षात्मक रुपमा सम्पन्न गर्दै अवका दिनमा अझ प्रभावकारी गतिविधि अघि बढाउँदै जाने बताउनु भयो ।

उहाँले कार्तिक मसान्तभित्र अघिल्लो आर्थिक बर्षको कार्यप्रगति विवरणको समीक्षात्मक कार्यक्रम सम्पन्न गर्नुपर्ने सरकारी प्रावधान अनुरुप कार्यपालिका सदस्य, शाखाहरुका प्रमुख, वडा सचिव सहित सहभागि भई आफुले गरेका कामको समीक्षा गरिएको जनाउनु भयो । कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र सामाजिक विकास समितिका संयोजक कपिलमणि ढकालले कार्यक्रमका बारेमा बोल्नु भयो । शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, योजना शाखा प्रमुख शिवकुमार राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, घर नक्सा शाखा प्रमुख कमलप्रसाद पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले आआफ्नो शाखा मार्फत भएका गतिविधि प्रस्तुत गर्नु भएको थियो।

कोरोना भाइरसको संक्रमणको कारणले गत आर्थिक वर्षमा कुल १ सय ९५ योजनामध्यें १ सय ६३ योजना सम्पन्न भई ८० दशमलव ५१ प्रतिशत उपलब्धी हाँसिल भएको र कार्यपालिकाले निर्णय गरी बाँकी रहेका ३३ योजना चालु आर्थिक वर्षमा सारिएको छ । त्यस्तै, ६६ दशमलव ३६ प्रतिशत पूँजीगत खर्च र ८३ दशमलव ३६ प्रतिशत चालु खर्च अन्तर्गतको बजेट खर्च हुन पुगेको गोष्ठीमा जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *