जहदा भेट्रानस गोल्ड कपकाे तेस्राे दिन बिर्तामोड भेट्रानस सेमी फाइनलमा ।थारु पाेर्टल

Spread the love
३०।कार्तिक।कानेपाेखरी
कानेपाेखरी गाउँपालिका वडा नं ५काे जहदामा  जह्दा भेट्रान्स  गोल्ड कप अन्तर्गतकाे आज तेस्राे दिन भएको खेलमा बिर्तामोड भेट्रान्स र  दमक भेट्रान्स बिच खेल भएको  थियाे । जसमा बिर्तामोड भेट्रान्स सेमि फाईनलमा प्रवेश गरेकाे छ ।
आज भएकाे खेलकाे  पहिलो हाफमा  गोल रहीत बराबरमा सकिएको थियो । खेलको दोस्रो हाफको ६ औ मिनेटमा तोया राम भुजेलले गोल गर्दै बिर्तामोड भेट्रान्स लाई  १गाेलकाे अग्रता दिलाएका थिए । त्यही गाेल नै निर्णयक गाेल हुन पुग्याे ।
आजको खेलको म्यान अफ द म्याच बिर्तामोड भेट्रान्सकै तोया राम भुजेलले प्राप्त गरे  ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ६५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ्न । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्या हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए । कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा कार्तिक २८ गते उद्घाटनसँगै सुरु भएको खेल मंसिर ५ गतेसम्म चल्नेछ । खेललाई नमस्ते ट्रेडर्सले मुख्य प्रायोजन गरेको छ भने लुम्बिनी रेष्टुरेन्ट एण्ड बारले सह–प्रायोजकको रूपमा सहयोग गरेको छ ।साथै देश तथा विदेशबाट पनी खेलकाे लागी सहयाेग आएकाे छ ।
आज भएकाे खेलमा कानेपाेखरी वडा नं १का वडा अध्यक्ष दिपेश कार्कीकाे प्रमुख अथितियरहेकाे थियाे भने खेलकाे अध्यक्ष डेनिम राईकै अध्यक्षतामा खेल संचालन भईरहेकाे छ । भाेलि  अभिषेक चर्च राझकहाम्राे ईटहरी विच हुने दिनकाे २ वजे हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *