क्षयरोग सम्बन्धि अन्तरक्रिया ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, ३ मंसिर
स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको आयोजनामा जिल्लाको पथरी शनिश्चरेमा क्षयरोग सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्वास्थ्य कार्यालय मोरङका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवसी, बागमती सेवा समाजका जिल्ला संयोजक युवराज चेम्जोङले सहजिकरण गर्नु भयो ।
अन्तरक्रियामा, नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, सामाजिक विकास समिती सदस्य भद्रमान विश्वकर्मा, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहित नगरमा रहेका स्वास्थ्य सस्था इन्चार्ज र त्यहाका क्षयरोग फोकल पर्सनहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *