जहदा भेट्रानस गोल्डकपमा आयोजक ४गाेल गर्दै फाइनलमा प्रवेश। थारु पाेर्टल

Spread the love
 मंसिर ३ गते,
कानेपाेखरी । मोरङको कानेपोखरी—५,  जहदाको रंगशालामा  ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको सेमिफाइनल खेलमा विर्तामोडलाई हराउँदै आयोजक जहदा फाइनलमा प्रवेश गरेकाे छ ।
विहिबार भएको खेलमा विर्तामोड भेट्रानस एफसीलाई १–४ गोलको अन्तरले विजय हुर्दै आयोजक जहदा फाइनलमा पुगेको हो । आयोजक जहदा भेट्रानस एफसीका क्याप्टेन चरण गुरुङले खेलको १० औं मिनेटमा १ गोल गर्दै अग्रता दिलाएका थिए । जहदाका जर्सी नम्बर ९ का खेलाडी रमेश गुरुङको क्रस पासमा जर्सी नम्बर १० का चरण गुरुङले पोष्ट नजिकबाट जाली चुमाएका थिए ।
त्यसैगरी आयोजक जहदाका ९ नम्बरका खेलाडी रमेश गुरुङले १ गोल थप्दै टिमलाई १गाेल वढाएकाे थियाे । खेलको ३३ औं मिनेटमा विर्तामोड भेट्रानस एफसीका जर्सी नं. १९ का पालियर भुटियाले १ गोल फर्काएका थिए । फेरी ३८ औं मिनेटमा आयोजक जहदाका जर्सी नंं ८ का नगेन लिम्बुले १ गोल थप्दै खेललाई १–३ गोलको अन्तर बनाएका थिए ।
त्यसैगरी खेलको ५८ औं मिनेटमा आयोजक जहदाका जर्सी नं. १७ का विष्णु सुवारले १ गोल लगाएका थिए । अन्तिम समय सम्म विर्तामोड भेट्रानस एफसीका खेलाडीले गोल लगाउने धेरै प्रयास गरेपनि १ गोल मै चित बुझाउनु परेको थियो । खेलको म्यान अफ द म्याच आयोजक जहदाका रमेश गुरुङ घोषित हुर्दै ट्रफी, मेडल र नगद १५ सय प्राप्त गरेका थिए । र अन्तिम सेमिफाइनल खेल हाम्रो इटहरी भेट्रानस र हाम्रो धरान भेट्रानस एफसी विच खेल हुने खेल आयोजक समितिका संयोजक डेनिम राईले बताए । जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो ।
कार्यक्रममा खेलका उपाध्यक्ष भाेजराज श्रेष्टकाे अध्यक्षतामा संचालन भएकाे थियाे भने दिपक थापाकाे प्रमुख आथितिय रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *