४। मंसिर ।कानेपोखरी ।

मोरङको कानेपोखरी—५मा रहेकाे कानेपाेखरीकाे जहदा रंगशालामा संचालन भईरहेकाे ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको फाइनलमा हाम्रो इटहरी भेट्रानस एफसी प्रवेश गरेको छ ।
हाम्रो धरान भेट्रानस एफसीलाई टाइब्रेकरमा २-३ गोल अन्तरले हराउँदै हाम्रो इटहरी भेट्रानसले फाइनलमा प्रवेश गरेको हो । धरानका लागि जनकराज सुनुवार, तिर्थराज आलेमगर, योगेन्द्र राई, सुमन केसि र जोनि मोक्तानले पेनाल्टी सुट गर्दा जनकराज र योगेन्द्रले मात्र गोल गर्न सफल भए भने इटहरीका लागि सुरेन्द्र तामाङ, महेन्द्र खवास, चन्द्रबहादुर लिम्बू, दिपेन राई र रामशरण चौधरीले पेनाल्टी सुट गर्दा महेन्द्र, दिपेन र रामशरणले मात्र बललाई जाली चुमाएका थिए ।

मंसिर ५ गते आइतबार उपाधीका लागि आयोजक जहदा भेट्रानस एफसी र हाम्रो इटहरी भेट्रानस एफसीका बिच २ वजे देखी खेल हुनेछ । जहदा भेट्रानसले बिहीबारको खेलबाट फाइनलको यात्रा तय गरेको छ। खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि खेल सुरू भएको ४ औं मिनेटमै धरानका लागि जनकराज सुनुवारले गोल गरि अग्रता दिलाए । पहिलो गोल खाएपछि इटहरी केहि आक्रमक देखिएको थियो ।

७ औं मिनेटमा इटहरीका निर्मल तामाङ्ले पेनाल्टी एरियामा पाएको सुनौलो अवसर गुमाए । केहि राम्रा अवसरहरू गुमाए पश्चात् १५ औं मिनेटमा इटहरीले पाएको उत्कृष्ट अवसरको सदुपयोग गर्दै दिपेन राईले खेल बराबरीमा ल्याएकाे थियाे । दोश्रो हाफको १५ औं मिनेटमा इटहरीका खेलाडीले धरानका जनकराज सुनुवारलाई पेनाल्टी एरिया भित्र फल गरेपछि त्यस अवसरलाई सदुपयोग गर्दै जनकराज सुनुवारले पेनाल्टी मार्फत अर्को गोल थपे। २-१ गोल अन्तरका साथ अग्रता लिएको धरानले त्यस अग्रतालाई जोगाउन भने सकेन ।

२८ औं मिनेटमा इटहरीका दिपेन राईले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ६० औं मिनेटको निर्धारित समयमा खेल बराबरी भएपछि अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको म्यान अफ दि म्याच हाम्रो भेट्रानस इटहरीका गोलकिपर रमेश थापाले घोषित भए । उनले १५ सय रुपैयाँ सहित आकर्षक ट्रफी हात पारे । म्यान अफ दि म्याचको प्रायोजन लायन्स क्लब अफ तरहराका अध्यक्ष सन्तोष श्रेष्ठले गरेका थिए ।
नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भइरहेको यस भेट्रानस गोल्डकपमा ८ भेट्रानस टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ्न । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्या हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए । कार्तिक २८ गते उद्घाटनसँगै सुरु भएको खेललाई नमस्ते ट्रेडर्सले मुख्य प्रायोजन गरेको छ भने लुम्बिनी रेष्टुरेन्ट एण्ड बारले सह–प्रायोजकको रूपमा सहयोग गरेको छ ।