टोलटोलमा एमाले अभियान सुरु ।थारु पाेर्टल

Spread the love

४।मंसिर।पथरी शनिश्चरे

नेपाल कम्युनिस्ट पार्टी एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ वडा कमिटीले “टोलटोलमा एमाले अभियान” सुरुवात गरेको छ । वडालाइ १० वटा टोलमा बिभाजन गरेको एमालेले आजदेखी टोलटोलमा गएर आफ्नो टोल कमिटी गठन गर्ने र उक्त टोलमा रहेका समस्याहरू पहिचान गरि समाधान गर्न पहल गर्ने अध्यक्ष नवीन कार्कीले जानकारी दिए।

यो आन्दोलन जनएकता तथा रुपान्तरणको भएको र त्यसको लागि संगठन दरो हुनैपर्ने भएको हुदा मङ्सिर महिना भित्रमा टोल कमिटीहरु गठन गरिसक्ने गरि अभियान बढाइएको कार्कीले बताए । कार्यक्रमको प्रमुख अतिथी एमाले पथरी शनिश्चरे नगर कमिटी अध्यक्ष रमेश दाहालले ८ नम्बर वडाले अन्य वडालाई समेत संगठन बिस्तारको पाठ सिकाएको बताए।

त्यसैगरी नगर सचिब भिमकुमार राइले कार्यक्रममा बोल्दै एमालेले सधै जनता सगै काम गर्ने र जनताको मनजित्ने कुरामा अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए। टोल नम्बर १ मा जितबहादुर तिम्सिनाको संयोजकत्वमा बिधान बमोजिम २१ सदस्यीय टोल कमिटी गठन गरेको कार्यक्रममा एमाले क्षेत्रिय कमिटी सदस्य प्रकाश कार्की, नगर कमिटी सदस्यहरु कुलबहादुर बिष्ट, निलकण्ठ सुवेदी लगाएत वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको वडा पार्टी उप-सचिब रमेशकुमार कटुवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *