४।मंसिर
नेकपा माओवादी केन्द्रको (शनिबार) हुने वडा अधिबेशनको लागि पथरीशनिश्चरे नगर कमिटीले विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकेको छ । माओवादीले नगरका १० वटै वडाहरुको अधिवेशन सफल बनाउन हरेक वडामा एक जना पार्टी प्रतिनिधि, एक जना निर्वाचन अधिकृत र २ जना सहायक निर्वाचन अधिकृत तोकेको छ।
नगरका अधिकांश वडाहरुको विस्तारित भेलाले यसअधि नै सर्वसम्मत रुपमा आयोजक कमिटी चयन भएका र केही सदस्य हेरफेर गरी तिनै कमिटीहरुलाई वैधानिकता दिने तयारी भएको नगर ईञ्चार्ज दिनानाथ तिम्सिनाले जानकारी दिए । केही वडाहरुमा भनें आयोजक कमिटी बने पनि पदाधिकारी चयनमा समस्या देखिएकोले निर्वाचन हुने सम्भावना रहेको तिम्सिनाले बताए ।
‘त्यसमा पनि सर्वसम्मत पदाधिकारी चयनका लागि अन्तिम प्रयास गरिनेछ, आकांक्षीहरुले अडान नछोडेमा चुनाव नै हुने छ’– ईञ्चार्ज तिम्सिनाले भने । नगर कार्यालय सदस्यहरु र उपलब्ध नगर सदस्यहरुको संक्षिप्त बैठकले वडा अधिवेशन भव्य रुपमा सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी तोकेको तिम्सिनाले जानकारी दिए । उनका अनुसार निम्न वडाहरुमा निम्न व्यक्तिहरुको जिम्मेवारी तोकिएको छ । जसमा १ नम्बर वडा पार्टी प्रतिनिधि दिनानाथ तिम्सिना, निर्वाचन अधिकृतः नरेन्द्र घिसिङ सहायक निर्वाचन अधिकृतः घनश्याम ढकाल २ नम्बर वडाः पार्टी प्रतिनिधि मान दियाली निर्वाचन अधिकृतः देउमान लिम्बु सहायक निर्वाचन अधिकृतः शिव तिम्सिना सहायक निर्वाचन अधिकृतः आनन्द घिमिरे ३ नम्बर वडाः पार्टी प्रतिनिधि बाल कुमार मगर र राधिका गौतम निर्वाचन अधिकृतः भबिन्द्र थापा सहायक निर्वाचन अधिकृतः सन्तोष पोख्रेल सहायक निर्वाचन अधिकृतः सन्त राई ४ नम्बर वडाः पार्टी प्रतिनिधि गंगा सावा र गोबिन्दबहादुर भण्डारी निर्वाचन अधिकृतः बुद्धिनाथ अधिकारी सहायक निर्वाचन अधिकृतः देबेन्द्र बस्नेत सहायक निर्वाचन अधिकृतः नगेन्द्र तिम्सिना ५ नम्बर वडाः पार्टी प्रतिनिधि नेत्र पोख्रेल र चेतन दाहाल निर्वाचन अधिकृतः योगराज पौडेल सहायक निर्वाचन अधिकृतः भिम पौडेल सहायक निर्वाचन अधिकृतः कमल कटुवाल ७नमबर वडाः पार्टी प्रतिनिधि मोहन लिम्बू र रोहित बास्तोला निर्वाचन अधिकृतः उपेन्द्र बस्नेत सहायक निर्वाचन अधिकृतः तुलसी भट्टरार्इ सहायक निर्वाचन अधिकृतः राम कुमारी राई ८ नम्बर वडाः पार्टी प्रतिनिधि दिपेन्द्र पान्डे र सुमन वनेम निर्वाचन अधिकृतः धन बहादुर लिम्बू सहायक निर्वाचन अधिकृतः पुर्ण खजुम सहायक निर्वाचन अधिकृतः राजकुमार सांवा ९नम्बर वडाः पार्टी प्रतिनिधि गोबिन्द कटुवाल र सुमन वनेम निर्वाचन अधिकृतः यादब घिमिरे सहायक निर्वाचन अधिकृतः फौदराज खडका सहायक निर्वाचन अधिकृतः तिल ब पान्डे १० नम्बर वडाः पार्टी प्रतिनिधि प्रेम ढकाल, बिजय चेम्जोङ र अनु राई निर्वाचन अधिकृतः सुरेश कटुवाल सहायक निर्वाचन अधिकृतः पदमा पाण्डे सहायक निर्वाचन अधिकृतः इन्दिरा नेपाल रहेका छन् ।