१ करोड १३ लाखको बाख्रा पालन कार्यक्रम, पशुपंक्षी शाखा प्रमुख सम्मानित ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, ७ मंसिर
विश्व बैंकको सहयोगमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजनाले मोरङको पथरी शनिश्चरे २ मा सञ्चालन गर्ने उन्नत वाख्रा पालन व्यवसाय सम्बन्धी आज प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
वडा नम्बर २ र ३ का कृषकहरु सहभागि कार्यक्रममा ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, इनोभेसन योजनाका पशुसेवा सामाजिक परिचालक चुडामणि वस्नेत, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका पथरी शाखा प्रवन्धक कुवेर दहाल, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर, कृषक रुपमान आङथुपोले मन्तव्य व्यक्त गर्दै खसी बाख्रा व्यवसायले नगरलाई चिनाउने अभियानमा लाग्न उत्प्रेरित गर्नुभयो ।
सो अवसरमा इनोभेसन आयोजना सहित पशुपंक्षी व्यवसायको विकासमा प्राविधिक सहयोग पुर्याउँदै आउनु भएका नगरका पशुपंक्षी शाखा प्रमुख दहाललाई सम्मानपत्रले सम्मानित गरिएको छ । पूर्वी मोरङ बाख्रा पालक कृषक समूहका लागि सञ्चालन हुने उपआयोजनामार्फत खोर र कम्पोष्ट पिठ निर्माणका साथै बाख्रा, बोका एवम मेसिनरी सामग्री, घाँस र दाना खरिद गरिने छ ।
जसबाट उन्नत खसीको मासु तथा पाठापाठी उत्पादन गरि कृषकलाई व्यवसायिक वनाइने लक्ष्य रहेको समूह अध्यक्ष प्रेमा श्रेष्ठले जानकारी गराउनु भयो । समूहमा ६ महिला र ४ पुरुष गरी १० जना कृषक आवद्ध रहनु भएको छ । विश्व बैंकको ५६ लाख ५१ हजार ( ५० प्रतिशत), गुहेश्वरी मर्चेन्ट बैंकको ३४ लाख ( ३० प्रतिशत) र समूहको २२ लाख ५१ हजार ९ सय ५० ( २० प्रतिशत) गरी १ करोड १३ लाख ३ हजार ९ सय रुपैयाँको कार्यक्रम स्वीकृत भएको छ । पशुपंक्षी शाखा प्रमुख दहाल र इनोभेसन आयोजनाका सामाजिक परिचालक बस्नेतले आजै अनुगमन गर्दै इनोभेसन आयोजनाको सहयोगमा वडा नम्बर २ स्थित चिनारी सहकारीले प्राप्त गरेको दुध चिस्याउने चिलिङ भ्याट मेसिनलाई तत्कालै उपयोग गर्न समेत सूचित गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *