अन्तर माध्यमिक भलिवल प्रतियोगिताको उपाधि मेरी गोल्ड झापालाई ।थारु पाेर्टल  ९ मंसीर 

Spread the love

९ मंसीर

अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको उपाधि मेरी गोल्ड झापा, कन्काई माविले चुमेको छ । बुधबार भएको फाइनल खेलमा मेरी गोल्ड टिमले रेडस्टार माविलाई २५-१९ ,२५-१८ ,२५- १७ अन्तरको सोझो सेटमा हराएको हो ।

वेलवारी नगरपालिकाकी उप प्रमुख ढाकाकुमारी( तारा) पराजुलीले विजेता र उप विजेता टिमहरूलाई क्रमशः नगद १० हजार तथा ५ हजार रुपैंयाँ तथा ट्रफी द्वारा पुरस्कृत गर्नु भएको थियो । दोस्रो चरण अन्तर्गत सेमीफाइनलको आजै सम्पन्न प्रतियोगितामा रेडस्टार माध्यमिक विद्यालय पथरीशनिश्चरे “वेष्ट अफ थ्री’ खेल – नियम अनुसार सिंहदेवी एकाडेमी , राधा नगरलाई जितेर फाईनलमा प्रवेश गरेको रेडस्टार माविका भाईस प्रिन्सिपल वसन्त मादेनले जनाउनुभयो।

सिंहदेवी मावि वेलवारीद्वारा आयोजित उक्त प्रतियोगितामा झापा र मोरङका ८ वटा माविहरूले भाग लिएका थिए। जसमा भगवती उमावि (वेलवारी) , शिक्षा सन्देश मावि( वेलवारी) ,रेडस्टार मा वि( पथरी), सिंहदेवी एकेडेमी( राधानगर), झापा मेरीगोल्ड( दमक) , सिद्धार्थ कलेज (खोर्साने) ,ब्राइट फ्यूचर ( विराटचौक) तथा कसेनी मावि (कसेनी ) सहितको सहभागिता रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *