एमालेकाे १०औ राष्ट्रिय महाधिवेशनमा रामकुमार बस्नेतले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने ।थारु पाेर्टल

Spread the love
मंसिर ९ गते,
  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन चितवनमा मंसिर १० देखी १२ गते सम्म हुदैछ । राष्ट्रिय महाधिवेशनमा होमिएका नेताहरु पनि आ–आफ्नो उम्मेद्वारी कुन पदमा दिने भन्ने बारेमा आफ्नो सामाजिक सञ्जालबाट प्रचारप्रशार गर्दै आएका छन् ।
Open photo
नेकाप(एमाले) १ नम्बर प्रदेश कमिटि सदस्य रामकुमार बस्नेतले चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनको लागि चितवन जाऔं र सफल पारौं भनेर आफ्नो सामाजिक संञ्जालमा राखेपछि नेता तथा शुभचिन्तकहरुले केन्द्रिय सदस्यको अग्रिम शुभकामना दिनेको घुईचो भेटिएको छ । त्यती मात्र होइन विराटनगरमा भएको प्रतिनिधि छनौटमा परे लगतै वस्नेतलाई सामाजिक स‌‌ंजाल मार्फत बधाई दिदैं निर्विरोध केन्द्रिय सदस्यको पनि अग्रिम शुभकामना दिएका थिए ।
उहाँको किन उमेद्वारी ?
१) पार्टीलाई युवा पुस्तामा पुर्याउर्दै परिवर्तीत सन्दर्भ नेतृत्व प्रदान गर्ने ।
२) पार्टी अध्यक्षको समृद्ध नेपाल, सुखि नेपाल राष्ट्रिय आकांक्ष प्राप्तीको लागि लड्न ।
३) संगठानात्मक अराजकता र जवज माथीको आक्रमणलाई निस्तेज पार्न ।
आफ्नो क्षेत्रका युवा पुस्ता, आमाबुबाको मन मस्तीष्कोेमा रहिरहने तथा युवा पुस्ताको रोजाईमा जहिले पर्ने एक असल नेताको रुपमा परिचित बस्नेतले आफ्नो उम्मेद्वारी केन्द्रिय सदस्यमा दिने घोषणा गर्दै सवै प्रतिनिधिले मत दिएर विजय गराउँन समेत आग्रह गर्नुु भएको छन् ।
उहाँले २०४७ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ विद्यार्थी जीवन(सानो उमेर) देखी नै सदबहार संगठनको र पार्टीको नेतृत्व गर्दै आउनु भएको छ । राजनितीक शात्रमा स्नाकोत्तर तहसम्म औपचारीक अध्ययन गनु भएको बस्नेत विद्यार्थी जीवनको राजनितीक अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष सम्म हुनुभएको थियो । उतीबेला अनेरास्ववियुको मोरङ जिल्ला सदस्य, जिल्ला कमिटि सचिव, अध्यक्ष हुर्दै अनेरास्ववियुकै कोशी अञ्चल सचिव हुदै अध्यक्ष र पूर्वाञ्चल प्रमुख जिम्मेवारी पाउनु भएको थियो ।
त्यसैगरी अनेरास्ववियुकै केन्द्रिय सचिवलाय सदस्य, प्रचार विभाग प्रमुख र दुई कार्यकाल केन्द्रिय कोषाध्यक्ष हुर्दै उपाध्यक्षको नेतृत्व गरिसक्नु भएको छ । विद्यार्थी संगठनमा संगठनको कामले अन्तराष्ट्रिय तथा एसियाली विद्यार्थीहरुको विभिन्न कार्यक्रममा अमेरीका, स्पेन, हङकंङ र फिलिफिन्स लगाएको देशमा पुगी सक्नु भएको छ ।
अन्तरराष्टि र एसियाली विद्यार्थीको विभिन्न कार्यक्रम उता पार्टी राजनितिमा तीन कार्यकाल जिल्ला सदस्य, सचिवलाय सदस्य तथा तत्कालिन मोरङ क्षेत्र नं. २ को पार्टी इन्र्चाज हुर्दै तत्कालिन पार्टीको कोशी अन्चल सदस्य हुनुभएको छ । राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, पार्टी प्रदेश सदस्य हुदै प्रदेश आर्थिक विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरिसक्नु भएको छ । नेकपा पार्टी हुदा प्रेस संगठनको प्रदेश इन्चार्ज पनि हुदै १ नम्बर प्रदेशको सरकारको मुख्य मन्त्रि शेरधन राईको राजनितिक सल्लाहकार समेत हुनु भएको बस्नेत निरन्तर र सक्रिय राजनीतिमा संलग्न लागि रहनु भएको छ ।
गत स्थानीय निर्वाचनमा पथरीशनिश्चरेको मेयर पदमा दावी गर्दा पाउने पहिलो उमेद्वार भएपनि उहाँ नेताको भावान देखाउँदै उहाँले मेयरपदको आकांक्षी नबनी, लोभ नगरी मेयर पदमा आकांक्षी साथीहरूका लागि पछाडी सरे  सहमतिका लागि अन्य साथीभाईहरुका लागि मार्गप्रशस्त सहज बनाईदिनु भएको थियो ।
पार्टीको सभा, सम्मेलन र सार्वजनिक कार्यक्रमहरूमा राजनीतिक–बैचारिक विषयमा आफ्ना कुरा निर्धक्क राख्न सक्ने पथरीशनिश्चरे –१, पथरी निवासी उहाँलाई जनता तथा नेता सवैले आशलाग्दो नेताका रूपमा बुझ्ने गरेका छन् ।
Write to Dinesh Subba Mibhak

Leave a Reply

Your email address will not be published. Required fields are marked *