दीप प्रज्वलन गरी लैंङिगक हिंसा विरुद्धको अभियान सुरु ।थारु पाेर्टल

Spread the love
९, मंसिर
लैंङिगक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आज मोरङको पथरी शनिश्चरे नगरमा द्विप प्रज्वलन गरी सुरुवात गरिएको छ ।
नगरपालिकाको सहयोगमा नगरस्तरीय महिला फेडेरेशनको आयोजनामा वडा नम्बर २ स्थित बुद्धचोकमा द्विप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा, कार्यपालिका सदस्य एवम् न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा, कार्यपालिका सदस्य अरुणा राईले मन्तव्य व्यक्त गर्दै मुख्य गरी महिलामाथिको लैंङिगक हिंसा बढी हुने गरेकाले महिलाको न्यायमा जोड दिँदै सवैखाले हिंसा अन्त्य हुनुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा, वडा सदस्य सीता भुसाल, पर्शुराम न्यौपाने, समाजसेवी इन्द्र भट्टराई, ओरेक नेपालकी संगीता विश्वकर्मा सहितको उपस्थिती रहेको थियो । फेडेरेशनले मंसिर १५ गते हसन्दह, १९ गते शनिश्चरे र २४ गते पथरीमा सभा तथा शब्द थिएटरको प्रस्तुतिमा महिला हिंसा विरुद्धको कचहरी नाटक समेत प्रस्तुत गरिने कार्यक्रम रहेको फेडेरेशनकी उपाध्यक्ष निर्मला राईले जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *