प्रदेश नं १का मुख्यमन्त्री राजेन्द्र राईले गर्याे तिलक वान्तवा राई स्मृति ग्रन्थ नामक पुस्तकको लोकार्पण ।थारु पाेर्टल

Spread the love

 ९।म‌ंसिर

मोरङको पथरीशनिश्चरेका बामपन्थी अगुवा तथा अग्रज समाजसेवी तिलक वान्तवा राईको स्मृतिमा प्रकाशित पुस्तकको विहीवार १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले लोकार्पण गरेका छन् ।

तिलक वान्तवा राई स्मृति ग्रन्थ नामक पुस्तकको लोकार्पणपछि बोल्दै मुख्यमन्त्री राईले समाज रुपान्तरणका लागि राजनीतिक र सामाजिक रुपमा सक्रिय राईको योगदान ज्यादै महत्वपूर्ण भएको जनाउँदै उनको योगदानलाई पुस्तकमा समेटिएकोमा खुसी व्यक्त गरेका छन् । राईको राजनीतिक योगदानका विषयमा डा. देउमान सम्वाहाम्फे र सामाजिक योगदानका विषयमा डा. मोहन तुम्वाहाङले बोलेका छन् । प्रस्तावित रुपमा तिलक वान्तवा राई स्मृति प्रतिष्ठान खडा भएपनि त्यसको विधान तयार गरी प्रतिष्ठानलाई दर्ता गर्दै पूर्णता दिन बाँकी रहेकाले हाल परिवारको खर्चमा धर्मपत्नी विष्णुुकुमारी राई प्रकाशक रहेर ३ सय १६ पृष्ठको पुस्तक प्रकाशित भएको छ ।

Open photo

पुस्तकमा राईका राजनीतिक, सामाजिक, सहकारी सहितका विविध क्षेत्रको योगदानका बारेमा १ सय २५ जनाको लेख रचना समावेश गरिएको छ । वि.सं. २०११ साल कार्तिक १२ गते जिल्लाको तात्कालिन टाँडी गाउँ पञ्चायतमा जन्मिएका राईको कोरोना भाइरसको संक्रमणका कारण ०७७ मंसिर ९ गते निधन भएको थियो । प्रथम पुण्यस्मृतिको सन्दर्भ पारेर पुस्तक लोकापर्ण गर्दै उत्तरपूर्वी मोरङका अगुवा जुझारु व्यक्तित्व राईको योगदानलाई अमर बनाउने काम भएको संविधानसभा सदस्य चण्डीप्रसाद राईले बताए । उनी प्रजातन्त्रको पुनर्वहालीपछि ०४९ सालमा एमालेबाट पहिलो पटक पथरी गाविसको पहिलो गाविस अध्यक्ष निर्वाचित भए । ०५४ मा स्थापना भएको नगरको पहिलो सहकारी मनकामनाका पहिलो अध्यक्ष भएर २ दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *