पथरी शनिश्चरे, १४ मंसिर

मोरङको पथरी शनिश्चरे नगरको समन्वयमा नगरमा बेसहारा अवस्थामा रहेकी एकजना महिलाको उद्धार गरी मानव सेवा आश्रम विराटनगरमा राखिएको छ ।

वडा नम्बर २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय नजिकै जंगलमा केहि दिनदेखि ती महिला बेसहारा अवस्थामा बस्दै आएकी थिइन । सो को जानकारी पाएपछि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वन समूह अध्यक्ष कावुलबहादुर मगर, इलाका प्रहरी कार्यालय सहितले महिलाको संकटपूर्ण अवस्थाका बारेमा अनुगमन् गरेर उद्धार गरी आश्रम पठाइएको हो ।
महिला त्यहाँ केहि दिनदेखि वस्दै आएकी थिइन् । उपप्रमुख वास्तोलाको समन्वयमा यस अघि पनि बेसहारा अवस्थाका मानिसहरुलाई उद्धार गरी मानव सेवा आश्रम सहितका संस्थाहरुमा पठाएर उनीहरुको खाने, वस्ने, स्वास्थ्य र सुरक्षाको प्रवन्ध मिलाउँदै आइएको छ ।