‘अनि देउराली रुन्छ’ को  समापनका अवसरमा उपप्रमुख वास्तोला सम्मानित ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, १५ मंसिर
मोरङको पथरी शनिश्चरेस्थित शब्द थिएटरले कला प्रवद्र्धनमा सहयोग पुर्याएकोमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानित गरेको छ ।
थिएटरको प्रस्तुत गरेको मानबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ को आज समापनका अवसरमा नाटक गर्न न्यायिक समितिमार्फत आर्थिक समेत सहयोग प्रदान गर्दै कलाप्रति प्रोत्साहित गर्दै आउनु भएकी उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको हो ।
नाटक निर्देशक जीवन बरालले उहाँलाई सम्मानित गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी वास्तोलाले नगरमा हुने अन्याय अत्याचार तथा समाजका हरेक क्रियाकलापलाई कलाको माध्यमबाट चरितार्थ पार्दै नयाँ पुस्तालाई सन्देश दिन भएको नाट्य गतिविधिलाई आफुले सधैं साथ सहयोग पुर्याउने बताउनु भयो । कार्यक्रममा बोल्दै नाटकका निर्देशक बरालले शब्द कला समूह सहितको सहकार्यमा भएको यो अभियानले पुस्तकमा भएको नाटक अभिनयमा रुपान्तरण गर्दै जीवन्त प्रस्तुति दिन सकिने कुराको सन्देश दिन प्रयास गरेको बताउनु भयो ।
११ दिनसम्म ३० वटा सो सञ्चालन गर्दै पूर्वमा टिकट काटेर ऐतिहासिक नाटक सहितका नाटक हेर्न दर्शकको रुची बढाउन सकिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले अव नगरमा एउटा नाटकघरको आवश्यकता टड्कारो रुपमा खड्किएको समेत बताउनु भयो । कार्यक्रममा सहयोगी तथा नाटक हेर्न सहभागि विद्यार्थीका विद्यालयहरुलाई प्रसंसापत्र समेत प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *