कानेपोखरीमा २३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण ।थारु पाेर्टल

Spread the love
मंसिर १८,कानेपोखरी
३० औं अन्तराष्ट्रिय दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपाकिलाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहयोग सामाग्री वितरण गरेको छ । शुक्रबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि सहयोग सामाग्री वितरण गरेको हो ।
उनिहरुलाई हृविलचियर, ट्राईसाइकल, सेतो छडी र बैसाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको थियो । हृविलचियर पाउनेहरु अभिजित चाौधरी, सुस्मिता धिमाल, गंगा जिमि, नरमाया तामाङ र डुमरी धिमाल रहेका छन् । त्यसैगरी ट्राईसाइकल पाउनेहरु खड्गबहादुर थापा, गोविन्द चौधरी, जावेल मुर्मु र गोविन्द पाण्डे रहेका छन् । त्यसैगरी सेतो छडी पाउनेहरु सुभावनसिं लिम्बु, विर्ख बहादुर राई, विनोद धिमाल र सन्तोष ढकाल रहेका छन् ।
त्यसैगरी पुर्णबहादुर राई, दिपक भण्डारी, विशाल पौदार, कमला बस्नेत, विष्णु नेपाल, नरेन्द्र राई, दिव्य कुमारी बुढाथोकी, भिमबहादुर कार्की, बुद्धमाया लिम्बुले वकर, हेयरिङ एड र बैशाखी पाएका छन् । उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र कार्यक्रमको अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रसाशकिय अधिकृत गायत्र श्रेष्ठ, प्रवक्ता सुशिल बुढाथोकी, वडाध्यक्षहरु खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी लगाएतले हस्तान्तरण गरेको थियो ।
यसै अवसरमा गाउँपालिकाले ४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । उनिहरुलाई अपाङ्गता भएर पनि व्यवसायी गरेर राम्रो आयआर्जन गरेको भन्दै सम्मान गरेको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेहरुमा दिपक लुइटेल, पूर्णप्रसाद गुरागाई, खोनाई चौधरी र पूण्य प्रसाद कोइराला रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र कार्यक्रमको अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामले उनिहरुलाई कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्ले, स्वास्थ्य शाखाका प्रमुख रोहिन्द्र कुमार राजभण्डारी, कार्यपालिका सदस्य मुना श्रेष्ठ, वडासदस्यहरु धनबहादुर लिम्बु, शिव दुलालकार्यक्रम नगेन्द्र बस्नेतले संचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *