कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले प्रदेश स्तरीय कालो बेल्टको ग्रेडिङ् गर्दै ।थारु पाेर्टल

Spread the love
मंसिर १८  ।कानेपाेखरी
Open photo
मोरङको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले प्रदेश स्तरीय कालो बेल्टको सेमिनार तथा ग्रेडिङ् सुुरु गरेको छ । शुक्रबार कानेपोखरी –६, स्थित रमाइलो साकोसको सभाहलमा खेलको राष्ट्रिय खेलकुद परिसदका सदस्य तथा आईटिएफ तेक्वाण्डोका अध्यक्ष अन्जन धमलाले उद्घाटन गरेका थिए । कार्यक्रममा आईटिएफ तेक्वाण्डो डोजाङ १ नम्बर प्रदेश अध्यक्ष प्रविन कुमार कार्की पनि अतिथि रहेका थिए ।
खेल आज शनिबार समापन हुने छ । प्याटन तर्फ कालो बेल्ट वान–डन, टु–डन र थ्री–डनको सेमिनार पहिलो दिन सम्पन्न भएको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गका अध्यक्ष युवराज भुजेलले बताए । दोस्रो दिन ग्रेडिङ हुने हुदैछ । दुई दिन चल्ने सेमिनार तथा ग्रेडिङमा जिल्ला बाहिरबाट ५० जना र भित्रबाट ५० जना गरी जम्मा १ सय जनाले खेलाडिकाे सहभागीता रहेको आयोजकले जनाएको छ ।
कानेपोखरीबाट मात्र कालो बेल्ट प्राप्त ४ जना रहेको छ । सेमिनार तथा ग्रेडिङ्मा प्याटन तर्फ किक र फिजिकल चेक हुने छ । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गद्धारा एक महिना अघि प्रदेश स्तरीय महिला र पुरुषको तौल समूहमा इस्पारिङ र प्याटनतर्फको प्रतियोगिता सम्पन्न गर्दै प्रदेशमै पहिलो बनेका थिए । त्यसैगरी तीन दिन अघि प्रदेश १ कै उत्कृष्ट डोजाङ्गमा कानेपोखरी आईटिएफ तेक्वाण्डोले पुरस्कार प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *