मंसिर १८ शनिबार
रबिन्द्र बराल

माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका वडा नं २ मा पर्ने गेउरीया पुलकाे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएता पनि अहिले भने साे पुलकाे निर्माणकार्यले भने गति लिन सकेको छैन । उक्त पुल कार्तिक महिनामा तयार पार्दा साे पुल चैत्र मसान्तसम्म सम्पुर्ण निर्माणकार्य समपन्न हुने भनिएता पनि ८ महिना बितिसक्दा समेत पुल भने निर्माण हुन सकेको छैन।

पुलकाे दुवै पिलर बनाएर छाडेकाे ८ महिना बितिसक्दा समेत सम्धित निकाय भने माैन रहेको छ । सुरुमा कामकाे गति द्रुतगतिमा भएकाे थियोे र त्यस बेला चैत्र महिना देखि उक्त पुल पुर्ण रुपमा सन्चालन आउने ठुलाे आशा थियोे । तर ८ महिना भईसक्दा समेत पुलकाे काम भने बन्द रहेको स्थानीय दुर्ग रेग्मीले बताए ।
बिगत ७ बर्ष देखि उक्त पुल अलपत्र भएता पनि हाल सम्म पनि काम भने अगाडि बडन सक्काे छैन । सडक डिभिजन कार्यलय माेरङका प्रमुख पशुपति ज्ञवाली रहदा उनले चैतसम्म पुलकाे काम सम्पन्न हुने भनेका थिए तर त्याे भने पूरा हुन सकेकाे छैन । अहिले ज्ञवाली सरुवा भए पछि उनको ठाउँमा सुवर्ण कार्की आएका छन । उनलेे भने अबकाे केही सातामा काम सुरुगर्ने तर काम नगर्ने ठेक्केदार लाई कार्वाहीकाे दायरामा ल्याउने प्रतिवध्यता जनाएका छन ।

उक्त पुल निर्माण गर्नका लागि फिचर एन्ड सराउद्धिन जेवि लाई कडा निर्देशन दिएकाे बताए । पुलकाे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले ठेेेक्का पाएकाे थियोे । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँ मा ठेक्का पाएकाे थियोे । सराउद्विन जेविका प्रमुख सराउद्घिन अनसारीले भने पुस महिनाकाे पहिलो साता देखि काम सुरु हुने बताए ।
चैत्र महिना सम्म पुलकाे सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखि साे पुल बाट आवत जावत हुने भनेर जानकारी गराएता पनि हाल सम्म उक्त पुलकाे पिलर मात्रै उठाएर छाडेकाे देखिन्छ । यसरी ठेक्केदारकाे लापरबाहीका कारण समय अबधिमा निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनी लाई किन सडक बिभागका प्रमुख हरुकाे ध्यानाकर्षण नहुदा स्थानीयले बर्षाे देखि सास्ती भाेग्न बाध्य भएका छन । दैनिकी उक्त सडक बाट सयौं सवारीसाधन हरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छकि भन्दै स्थानीय खुशिले हर्सित भएका थिए तर अहिले आएर भने पुलकाे काम कछुवा काे गतिमा भईरहेकाे छ ।