कचहरी नाटक‘दोषी को ?’ हसन्दहमा प्रदर्शन ।थारु पाेर्टल

Spread the love
२० मंसिर
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मोरङको पथरी शनिश्चरेस्थित हसन्दह चोकमा कचहरी नाटक ‘दोषी को ?’ प्रदर्शन भएको छ ।
लैङ्गिक हिंसा अन्तर्गत पनि सार्वजनिक यातायात, सार्वजनिकस्थल, सामाजिक सञ्जालमा हुने गरेको महिला हिंसालाई नाटकले केन्द्रीत बनाएको छ । त्यसका अलावा शिक्षण संस्थाहरुमा पनि नजानिदो गरी छात्राहरुमाथि हिंसा हुने गरेको कुरा पनि नाटकले प्रस्तुत गरेको थियो । कार्यक्रममा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नाटकले लैङ्गिक हिंसा अन्तर्गत महिला नै बढी हिंसाको सिकार भएको दर्शाउँदै महिला हिंसा अन्त्य गर्न पुरुषको सचेतता आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा ओरेक नेपाल विराटनगर कार्यक्रम अधिकृत गोमा भण्डारी, महिला फेडेरेशन नगर उपाध्यक्ष निर्मला राई, सचिव जानुका आचार्य सहितले लैङ्गिक हिंसा अन्त्यका लागि समाज सचेत र अग्रसर बन्नु पर्ने बताउनु भयो । पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा नगरस्थित महिला फेडेरेशनले आयोजना गरेको कार्यक्रममा शब्द थिएटरका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
नाटकमा विद्यालय विद्यार्थी सहितका दर्शकहरुले आफुहरुलाई सक्रिय सहभागिता जनाई हिंसा अन्त्य गर्ने बारेमा कचहरी गरेका थिए । भूपेन्द्रराज तिम्सिनाको लेखन, जीवन बरालको निर्देशनमा प्रस्तुत नाटकमा तिम्सिना, बरालका साथै सुमन कुइकेल बराल, मेनुका कुलुङ, लीला कुलुङ, इश्वर दुलाल, विमला पोखरेल, प्रेम खतिवडा र नविन गुरुङको अभिनय रहेको छ । अभियान अन्तर्गत सो नाटक हिजो शनिश्चरेमा प्रदर्शन भएको थियो । मंसिर २२ गते २ नम्बर वडा कार्यालयको उद्घाटन कार्यक्रममा र मंसिर २३ गते पथरीको यलम्बर चोकमा सो नाटक प्रदर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *