२१।मंसिर
भूमिप्रसाद पाठक
डाँस मोरङ्गी सामुदायिक वनको समाहलमा पथरी शनिश्चरे वडा नं–१० स्थित नेकपा एमाले जिरिखिम्ती पशुपतिनगरको टोल नं–१ कमिटि गठन गरिएको छ ।
जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र सदस्यहरुमा क्रमशः धनबहादुर श्रेष्ठ, बिन्दु मगर, रोशन ढुङ्गाना, भावना राई, सुनिता राई, सूर्यवहादुर सङ्गौला, छवि थापा, सूर्यबहादुर राई, सरोज दाहाल, हिमाल कार्की, शारदा पौड्याल, यमुना वि.क., अम्बिका वि.क.,भीमबहादुर भूजेल, बुद्धिमाया पौड्याल, सोममाया मगर, सरिता लिम्बु, दुर्गा मगर, दुर्गा बस्नेत, ख्याम मगर र राजकुमार तामाङ रहेको जनप्रतिनिधि वडा नं –१० का वडासदस्य अनोज घिमिरेले जानकारी दिए ।
त्यसैगरी पार्टीलाई चुस्तदुरुस्त चलायमान गराउन ५ सदस्यीय सल्लाहकार कमिटि गठन गरिएको छ, जसमा दलबहादुर थापा, ठाकुरप्रसाद दाहाल, गंगाबहादुर कार्की, गिता कार्की र उद्धव कार्की रहेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले मोरङ जिल्ला कमिटि सदस्य भगतचन्द्र थपलियाले गरेका थिए भने अतिथिमा वडा नं –१० की महिला वडा सदस्य मनकुमारी वि.क.ले गरेकी थिइन् ।सो कार्यक्रमको अध्यक्षता नेकपा एमाले वडा नं– १० का वडा कमिटि अध्यक्ष पर्वत थापाले गरेका थिए । सोही कार्यक्रमको सञ्चालन वडा सचिव सञ्जय राईले गरेका थिए