२४।मंसिर।कानेपाेखरी
विद्यानन्द चाैधरी
मदन भण्डारी स्पोर्टस एकेडेमी कानेपोखरीले निम्न वर्ग तथा गरिव बस्तीका १० घरपरिवारलाई जाडो छेक्नकाे लागी न्यानो कपडा आज शुक्रबार कानेपोखरी गाउँपालिका वडा नम्बर १काे पुतली चाैकमा वितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गरी गरिव बस्तीका १० घरपरिवारलाई न्यानो कपडा कमल, म्याट र १ बोरा भुजा वितरण गरेको हो । नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ अध्यक्ष सुशिल बुढाथोकी, मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला अध्यक्ष भूपाल श्रेष्ठ, स्पोर्टस एकेडेमीका कानेपोखरी अध्यक्ष जीवन सुब्बा मिभक, उपाध्यक्ष लोक ब मगर लगाएतले हस्तान्तरण गरेका थिए ।
न्यानो कपडा पाउनेमा बाबुराम मरण्डी, सुरुपा टुडु, विजुलाल टुडु, सनमुनी वासेक, सिताराम यादव, लुखीराम मुर्मु, दुखी हेम्वरम, कपु मरण्डी र जुहन किस्कुको परिवारलाई १ थान कमल, १ थान म्याड र १ बोरा भुजा प्रदान गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ अध्यक्ष सुशिल बुढाथोकी, मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला अध्यक्ष भूपाल श्रेष्ठले मन्तव्य दिएका थिए । कार्यक्रममा १ नम्बर वडाका एमाले नेता चन्द्र मगर, दिपक तिवारी र एकेडेमीका उपाध्यक्ष प्रमोद ठाकुर र कोषाध्यक्ष उदिप लिम्बु तथा हाेक्लाबारीका नेता तथा कार्यकर्ता हरुकाे समेत उपस्थितमा वितरण गरिएको थियो ।कार्यक्रम भने सचिव राजकुमारी तामाङले संचालन गरेको थियो भने जीवन सुब्बा मिभकाे अध्यक्षतामा वितरण गरेको थियो ।