कानेपाेखरी गाउँपालिका उपाध्यक्ष इङ्नामलाई गर्याे मदन भण्डारी स्पोर्टसले सम्मान ।थारु पाेर्टल

Spread the love
 मंसिर २५।कानेपाेखरी
मदन भण्डारी स्पोर्टस एकेडेमी मोरङ र कानेपोखरी गाउँ कमिटीले कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामलाई मंसिर २४गते सम्मान गरेको छ ।
 उपाध्यक्षकै कार्यकक्षमा एककार्यक्रमको आयोजना गरी  इङ्नालाई सम्मान गरेको हो । हालै सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय अधिवेशनमा  इङ्नाम केन्द्रिय अनुसाशन आयोग सदस्यमा निर्वाचित भएकोमा एकेडेमीले कार्यकालको शुभकामना दिदै सम्मान गरेको थियो ।
 इङ्नामलाई एकेडेमी मोरङका अध्यक्ष भूपाल श्रेष्ठ, पार्टी जिल्ला सदस्य भोला अधिकारी र एकेडेमी कानेपाखरीका अध्यक्ष जीवन सुब्बाले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए । उपाध्यक्ष इङ्नाम पाटीको जिल्ला सचिवलाय सदस्य पनि हुन । कार्यक्रममा पाटी जिल्ला सदस्य भोला अधिकारीले इङ्नामको पार्टीमा योगदानको चर्चा गरेका थिए । सम्मान लिदै उपाध्यक्ष इङ्नामले पार्टीको काममा थप उर्जा मिलेको बताईन् ।
कार्यक्रम जीवन सुब्बाले संचालन गरेका थिए । कार्यक्रममा एमाले गाउँ पार्टी सचिव चरण गुरुङ, एकेडेमीका  सचिव राजकुमारी तामाङ्ग बरिष्ठ उपाध्यक्ष लोक बहादुर मगर, उपाध्यक्ष प्रमोद ठाकुर र कोषाध्यक्ष उदिप लिम्बु खेम कुमारी दाहाल खिना दाहाल लगायतकाे उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *