बाँसको चाेया बाट विभिन्न सामाग्री बनाउन सबै परिवार व्यस्त ।थारु पाेर्टल

Spread the love
मंसिर २५ शनिबार
रबिन्द्र बराल
मोरङको रंगेली नगरपालिका ९ स्थित शान्ति चोक नजिकै बर्षाे देखि बसोबास गर्दै आईरहेका मरण्डी समुदायहरु अहिले बाँसकाे चाेया बाट सामग्रीहरु बनाउन व्यस्त हुन थालेका छन । पहिलो चरणकाे काेराेना भाईरसका कारण निषेधाज्ञा तथा लकडाउनका कारण साेहि पेशा बाट आस्रित रहेका परिवार अहिले पुनः पेसा लाई निरन्तरता दिन थालेका छन ।
आफ्नो व्यवसाय बाट उनिहरुले आफ्नो ८ परिवार पालिरहेका छन । बाँसकाे चाेया बाट ढाकी,  चल्ला छाेप्ने टापी, बाेट बिरुवा छाेप्ने सामाग्री बनाउन ब्यस्त हुन थालेका हुन । गत वर्ष सुरु भएको कोरोना भाइरसको कारण उक्त परिवारलाई साे पेशा बाट परिवार पाल्न पाेषण गर्ने हम्मेहम्मे परेको थियोे तर अहिले लकडाउन खुले पछि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन थालेका छन ।
उनीहरुले तराईमा पाइने बाँसबाट चाेया निकाले र उक्त सामाग्री हरु बनाउदै आईरहेका छन । परापुर्वकाल देखि नै आफुहरुले आफ्नो परिवार साे पेशाबाट पालनपोषण गर्दे आईरहेकाे रामप्रसाद मरणी ले बताए । बाँस बाट बनाईएकाे समाग्रि बिक्रीवितरण गर्नेका लागि माेरङकै पुरानाे दाेहमहना बजार, कर्सिया बजार लगायत गाउँ घरमै समेत लगेर बिक्रीवितरण गर्ने गरेकाे मरणि ले बताए । दैनिकी बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म परिश्रम गरेर उक्त सामग्री बनाउने गरेको र दैनिकी ४ देखि ५ बटासामग्री हरु बनाउने गरेको रामप्रसादले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *