महिला सहकारीबाट उपप्रमुख सम्मानित ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, २५ मंसिर
मोरङको पथरी शनिश्चरेस्थित २ स्थित चौतारी सामाजिक महिला उद्यमी सहकारी संस्थाले नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानित गरेको छ । संस्थाको ११ औं वार्षिक साधारणसभाको अवसरमा महिलाहरुको हकहितमा समेत निरन्तर सहयोग पुर्याएको भन्दै उपप्रमुख वास्तोलालाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । उपप्रमुख वास्तोलाले संस्थाको साधारणसभाको उद्घाटन गर्दै महिलाहरुको समग्र उत्थानमा यसप्रकारका महिला सहकारी संस्था अघि बढ्नु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *