२६।मंसिर।कानेपोखरी
रचैता :-अम्विका प्रसाद काेइराला अकेला
कानेपाेखरी माेरङ्ग
उनकाे त कुरै बेग्लै
मैले राेजेकाे फूल बेग्लै
जे छाेयाे त्यही प्याराे
माया नाप्ने तुलै बेग्लै
मिठाे न मिठाे जिब्रै जानेस
तर उनी छिन चुलै बेग्लै
जाेडनु ताेडनु समयले गर्ला
तर म जाेडिने पुलै बेग्लै
कानेपोखरी साहित्य समाजको सल्लाहकार सदस्य हाल जनमत सरस्वती आधारभूत स्कुलमा कार्यरत शिक्षक तथा प्याप्सु मोरङको पूर्व जिल्ला सचिव पनी हुन । अम्विका प्रसाद काेइराला अकेला