जिरिखिम्तीमा वालको शिलान्यास ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, २७ मंसिर
मोरङको पथरी शनिश्चरे १० जिरिखिम्तीमा आज एकतर्फी वालको शिलान्यास गरिएको छ । डाँस खोला नजिक दीपक राईको घर दक्षिणको सडकमा नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा र अनोज घिमिरेले एकतर्फी वालको शिलान्यास गर्नुभएको हो ।
वडा कार्यालयको १० लाख र थप १५ प्रतिशत उपभोक्ताको लागतमा यसअघि निर्माण भएको एकतर्फी वालबाट दक्षिण त्रिवेणी चोक नजिकसम्मको सडकको दुवैतर्फ २ सय ८० मिटर लम्बाई र २ फिट उचाईको वाल निर्माण हुने उपभोक्ता समिति अध्यक्ष धनबहादुर श्रेष्ठले जनाउनु भयो ।
नगर प्रमुख राईको अगुवाईमा टोलको पुछारमा रहेको प्राकृतिक रुपमा अनौठो ऐतिहासिक सिंहदेवी दुर्गा मन्दिरको अवलोकन समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *