नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मोरङ अध्यक्षमा दिनेश सुब्बा  लिम्बू ।थारु पाेर्टल

Spread the love

२८।मंसिर। कानेपाेखरी

विद्यानन्द चाैधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मोरङ अध्यक्षमा पुनः दिनेश सुब्बा  लिम्बू  सर्वसहमत  चयन भएकाे छ्न् ।सोमबार कानेपाेखरीकाे नलिन हाेटलमा भएकाे पाचौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि लिम्बू निर्बिरोध छानिएकाे हाे ।

लिम्बू २०७४ मा चौथो जिल्ला अधिवेशनबाट पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । अधिवेशनले लिम्बूको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षमा अशोक गुरुङ, सचिव अनिल श्रेष्ठ, सह–सचिव वविता साम्पाङ राई, कोषाध्यक्षमा राजकुमारी तामाङ चयन भएका छन् ।

सदस्यहरुमा सुरन्जन लिम्बू, सुमन कुरुङ्बाङ, बिध्यानन्द चौधरी, सृजना धिमाल, सङ्गीता राई, सम्झना राई, राजेश राजवंशी र शिबहाङ राई निर्वाचित भएका छ्न्। अधिवेशनले ३ जना केन्द्रिय र ६ जना प्रदेश प्रतिनिधि समेत निर्वाचित गरेको छ।केन्द्रिय प्रतिनिधिहरुमा भक्तशेर लिम्बू, सुजता लिम्बू र फिपराज बेघा निर्वाचित भएका छ्न । प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सन्दिप राई,अंकित धिमाल, बाबुराम मुडीयाडी,सन्तोष राई,बबिता लिम्बू र ऋषि राई निर्वाचित भएका छ्न्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मोरङले एक औपचारिक कार्यक्रम गरेर अधिबेशन काे  ५वटा दीप प्रजवलन गरेर समुदघाटन गरेकाे थियाे जसमा दिनेश सुब्बा  लिम्बू काे अध्यक्षतामा कार्यक्रम संचान भएकाे थियाे भने  कानेपाेखरी गाँउपालिका का सरकार प्रमुख तारा बहादुर काफ्लेकाे प्रमुख आथिति रहेकाे थियाे भने फोनिजको प्रदेश अध्यक्ष अर्जुन जमेली भक्त शेर राई काे विशेष अथिति रहेकाे थियाे भने अथितिहरुमा  वडा नं ५का  वडा अध्यक्ष चरण गुरुङ्ग वडा नं ७का वडा अध्यक्ष माेहन अधिकारी लगायतकाे अथिति रहेकाे थियाे। सचिव अनिल श्रेष्टले संचालन गरेकाे थियाे । साथै मोरङ फोनिजको प्रथम अध्यक्ष अर्जुन जम्नेली राई, दोस्रो अध्यक्ष भक्तशेर लिम्बु र तेस्रो अध्यक्ष उत्तम बान्तवा राईलाई सम्मान गरिएकाे छ।  उनिहरुलाई सम्मान पत्र र दोसल्लाले  प्रमुख अथिति र अध्यक्षले  सम्मान गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *