२८ मंसिर।पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे ८ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको बजेटमा २ स्थानमा सम्पन्न शिविरमा ७ हजार ८ सय ४० को मेडिकल उपचार, २ सय १४ को माइनर सर्जिकल उपचार र ८४ को गाइनोक्लोजिकल गरी ८ हजार १ सय ३८ पशुको उपचार भएको छ ।
जसमा, १ हजार ४८ गाई भैंसी, १ हजार ८ सय २९ बाख्रा, ९ सय ८८ बंगुर, ४ हजार १ सय ८४ कुखुरा र ८९ वटा हाँस रहेको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य गीता विश्वकर्मा सहितको उपस्थितीमा शिविर सम्पन्न भएको हो । पुस २ गते वडा नम्बर ७ ले निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । त्यस्तै, नगरपालिकाको कार्यक्रमका रुपमा वडा नम्बर ३ र १० पनि यसखाले शिविर हुनेछ ।