२।पुष।कानेपाेखरी कानेपाेखरी वडा न २ निवासी युवा समाज सेवी सविन थापाले बाल संसार ई स्कुलमाअध्यनरत ४५जना गरिव ,दलित तथा जेहेन्दार, नानीहरुलाई स्टेशनरी वितरण गरेकाे छ ।
कानेपाेखरीकाे पहिलाे रेकर्ड हाे । जुस सुकै संघ संस्थाहाेस या स्थानिय निकाय सबैले सहयाेग गर्ने भनेकाे सामुदायीक विद्यालय तर सविन थापाले संस्थागत विद्यालयलाईनै राेज्याे किन भने बाल संसार ई स्कुलमा सबै समुदायका विद्यार्थीहरु अध्यन गरिरहेका छन जस मध्ये दलिद संथाल र जेहाेन्दार गरी ४५जना छात्र छात्रालाई कपि कलम र पेन्सिल दिएर पढाईमा थप हाैसला प्रदान हुने उदेश्यले वितरण गरेकाे थापाले जानकारी दिए ।
विद्यालयकाे प्राङगणमा एक औपचारीक कार्यक्रम गरेर स्टेशनरी वितरण गरेकाे थियाे जसमा विद्यालयकाे प्रअ राजेन्द्र भण्डारीकाे अध्यक्षतामा संचालित कार्यक्रम सहयाेगी मनका धनी युवा समाज सेवी सविन थापाकाे प्रमुख आथितिय रहेकाे थियाे भने अथितिहरुमा भुमि दुलाल, मनाेज राजवंशी , साहारा नेपाल रमाईलाे शाखाका प्रमुख कुशुम चुडाल, तुल ब तामाङ्ग, राज मुर्मु, खुल्लु राजवंशी लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम संस्थापक देब कुमार मंडलले संचालन गरेकाे थियाे भने संस्थापक विद्यानन्द चाैधरीले स्वागत मन्तव्यवाट स्वागत गरेका थिए ।
नेपाल लेखापढि बार एशाेसिएशन इकाइ समिति माेरङ्ग जिल्ला सदस्य तथा सहारा नेपालकाे प्रतिनिधि समेत रहेका सविन थापालाई बाल संसारकाे तर्फवाट प्र अ राजेन्द्र भण्डारीले धेरै धेरै धन्यवाद दिदै विद्यालयलाई थप हाैसला पुगेकाे भन्दै विद्यार्थीहरुकाे पढाईमा सहयाेग भएकाे बताए ।