२।पुस।कानेपाेखरी
गरीवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम सम्पन्न भएकाे छ ।कानेपाेखरी गाउँपालिका वडा नं ७ ले मंसिर २३गते देखी २९गते सम्म शान्ती देवी स्थानमा संचालन गरेकाे गरीवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम पुस १ गते समापन भएकाे छ ।कार्यक्रमकाे मुख्य उदेश्य भनेकाे व्यवसाय सचेतता ,व्यवसाय संचालन, एव्म सामजिक समावेसीकरण रहेकाे थियाे जसमा वडा नं ७ का २२जना महिलाहरुकाे सहभागिता रहेकाे जानकारी वडा अध्यक्ष माेहन प्रसाद अधिकारीले जानकारी गराउनु भयाे । कार्यक्रम कानेपाेखरी गाउँपालिकाकाे आयाेजनामा भएकाे थियाे भने वडा नं ७ काे समन्य रहेकाे थियाे ।
एक औपचारीक कार्यक्रम बाट समापन गरेकाे थियाे जसमा सिता भट्टराईकाे अध्यक्षता वडानं ७ का वडा अध्यक्ष माेहन प्रसाद अधिकारीकाे प्रमुख आथितिय रहेकाे थियाे भने सगुन राई र अम्विका लिम्वुले मन्तव्य राखेका थिए। कार्यक्रम भने उद्यम विकास सहजकर्ता सविता राजवंशी र अरुणा राईकाे संचालन रहेकाे थियाे ।