आउ आउ सङ्गै मिलि गरौंला मायाप्रेमका मिठाबात, ।थारु पाेर्टल

Spread the love

४।पुष।

सुरेश चाैधरी 

हामी थारु जातिको जब सम्म एकता हुदैन तब सम्म नेपालका शासक हरुले हामीलाई झोले र दास बनाई रहने छ । २२ जिल्लाका थारु कल्याणकारणी सभाका जिल्ला सभापति हरुलाई बैठकमा आमन्त्रण गरि एउटा उच्च सचिवालय कमीटी तयार गरि थारु जनहित बिधान बनाई सोही अनुसार जिल्ला र स्थानिय स्तरमा लागू गर्दै जानू पर्छ ।

थारु जातीको एक निर्णय एक बिचार र एक नियम,कानुन हुनु जरुरी देखीन्छ ।नमस्कार थारु जात किन फुटेको, आउन हौं एक साथ, थारुहरु किन हेपिएका छ्न मिलाउन हौं हाथ,। आदिवासी नेपाली हौं थारु नै हो हाम्रो मुल जात, शान्तिको दुत बुद्ध बनी न छुट्टाउनुहोस न हौं हाथ,।।

 

आउ आउ सङ्गै मिलि गरौंला मायाप्रेमका मिठाबात,

थारु हौं भने थारुको मुल्य न चुकाव मिलाउ हाथ,।

आज भोलि पर्सि भन्दा भन्दै कयौं बित्या छ दिनरात,

आखिर किन हुदैनौं हामी थारु एकता भै एकसाथ,।।

 

केही गरौं केही गरौंला भन्ने सबको छ मनमा आश,

मेरो त हृदयको सपनीमा बसे छ समाजको घरबास,।

ठुलो सपना बोकेको छु एकलै भएको छु जिन्दालास,

कोहि थारु उठाउदैनन किन हाम्रो यो समाजको लास,।।

 

आउ न हामी थारु युवा पिढीं सबै मिलि केही गरौंला,

थारु कै हकहित अधिकार का निम्ति संगै बरु मरौला,।

केको चिन्ता कसलाईके लिएर जाने हो सबैमिलि बढौंला,

प्रवासमा छौ हामी एकदिन गाउँ ठाँउमै गएर केही गरौंला,।।

 

पुर्व मेची पश्चिम् महाकाली थारु नै हो बाहुल्य का राजा,

युवायुवती एकता नभए हामो थारुलाई बनाउनेछ्न साँझा,।

थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ खुनियांकटा,

विवेकशील थारु युवा समूह सुनसरी मोरङ का जन्मदाता,।।

 

थारु हरु कहाँ कहाँ छरिएका छ्न नराखौं हामी युवा भरम,

आफ्नो लागि केही गर्न नसके गाउँ देशकै लागि बरु गरम,।

हार माने हारिन्छ जित माने जितिन्छ हुनुपर्छ आत्म बिस्वास,

सत्य कहिले झुकेको छैन अमर अटलमा नै छ थारु इतिहास,।।

 

थारु युवा साहित्यकार को हृदयले भन्छ चाहे जे पनि हुन्छ,

सत्य कहिले झुकेको हुदैनन् आखिर बिष पनि अमृत बन्छ,।

थारु युवा साहित्यकार को हृदयले भन्छ चाहे जे पनि हुन्छ,

सत्य कहिले झुकेको हुदैनन् आखिर बिष पनि अमृत बन्छ,।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *