प्रेस चौतारी नेपाल मोरङ शाखाको ८ औं जिल्ला अधिवेशन पुष २९मा हुने।थारु पाेर्टल

Spread the love

विराटनगर । पुष।४

प्रेस चौतारी नेपाल मोरङ शाखाको ८ औं जिल्ला अधिवेशन यहि पुष २९ गते विराटनगरमा हुने भएको छ ।

हिजाे  बसेको जिल्ला कार्यसमितिको बैठकले सुदिप कोइरालाको संयोजकत्वमा ३५ सदस्सिय आयोजक समिति गठन गर्दै अधिवेशनको तयारीलाई तिब्रताका साथ अघि बढाउने निर्णय गरेको हो ।

प्रेस चौतारी मोरङका संयोजक सुदिप कोइरालाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले प्रेस चौतारी मोरङको अधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै जनताको पक्षमा कलम चलाउने संस्थाको रुपमा विकसित गर्दै लैजान निर्देशन दिनुभयो ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रामचन्द्र अधिकारी र अभिजाल विष्टले श्रमजीवि पत्रकारहरुको संस्था भनेकै प्रेस चौतारी रहेको भन्दै त्यसको गरिमा कायम राख्नेगरि अघि बढ्न सुझाव दिनुभयो । बैठकले २८ जनाको आयोजक समितिको नाम घोषणा गर्दै अर्को बैठकबाट थप ७ जना मनोनयन गर्ने भएको छ ।

को को परे आयोजक समितिमा १.सुदिप कोइराला संयोजक २.नेत्र पी अधिकारी ३. बाबुराम भण्डारी ४. सन्तोष सिग्देल ५. दिनेश सुब्बा ६. चिना थापा ७. हरिहर नेपाल ८. ज्योती चौहान ९. शशांक पौडेल १०. सन्तो्ष राई ११. राजकुमारी तामाङ १२. खनिन्द्र राई अर्जुन १३. मनोज दाहाल १४. माधवप्रसाद खतिवडा १५. सुमन घिमिरे १६. मनोज महतो १७. कैलाश चापागाई १८. पुण्य पी अधिकारी १९. रामजना अधिकारी २०. नवराज भट्टराई २१. तिलक राई २२. सुरेश अधिकारी २३. किशोर विश्वकर्मा २४. दिपेन्द्र थापा २५. विद्यानन्द चौधरी २६. निशा दाहाल २७. भूमिप्रसाद पाठक २८. पुष्पराज थपलिया यस्तै वैठकले संगठन सदस्यता नविकरण तथा संगठन सुध्रिढिकरण अभियानलाई तिब्रता दिन पालिका पालिकामा संयोजक तोकेर जिम्मेवारी प्रदान गरेको छ ।

बैठकले अधिवेशनमा जनार्दन मैनाली स्मृति पत्रकारीता पुरस्कार वितरणका लागि महेन्द्र बिष्टको संयोजकत्वमा डिल्लि पोखरेल, रामचन्द्र अधिकारी, सुदिप कोइराला र पुरस्कार संरक्षक परिवारका तर्फबाट गंगाधर मैनाली सम्मिलित छनौट समिति समेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *