पुष ४ , कानेपोखरी ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको कानेपोखरी गाउँपालिकाकाे वडा नं ५ माकमिटी गठन भएको छ ।
रमाइलो क्याम्पसमा शनिबार भएको कमिटी गठनमा खिलराज भट्टराईको अध्यक्षतामा ५१ जना सदस्य कमिटी चयन भएको छ । जसमा उपाध्यक्षमा अनुप राई, सचिवमा शंकर धिमाल, सहसचिवमा भूपेन्द्र राई र धनश्याम विक त्यसैगरी सदस्यहरुमा अर्जुन राई, सन्तोष मगर, अनिल चौधरी, केशर गुरुङ, रविन धिमाल, कमल धिमाल, निखिल धिमाल, भिमप्रसाद कोइराला, सञ्जु ठाकुर, इन्द्र पौडेल लगाएत सदस्य रहेका छन् ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी विशिष्ट अतिथि अनुशासन आयोग केन्द्रिय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, अतिथिहरुमा जिल्ला सदस्य भोला अधिकारी, गाउँपार्टी सचिव चरण गुरुङ, राष्ट्रिय युवा संघ मोरङ अध्यक्ष नवीन पौडेल, ५ नम्बर पार्टी अध्यक्ष युवराज लुइटेल रखिलाल चाैधरी राजकुमार श्रेष्ट लगायतकाे अथिति रहेकाे थियाे । कार्यक्रम भने नरहरि न्यौपानेले संचालन गरेका थिए भने राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी संयोजक अशोक फुयलकाे अध्यक्षतामा संचालन भएकाे थियाे ।