रंगेली बाट हत्या अभियोगमा दुई जना पक्राउ ।थारु पाेर्टल

Spread the love
पुस ६ मंगलबार
रबिन्द्र बराल
मोरङको रंगेलीमा एक नाबालिकाको हत्या गरेको आरोपमा रंगेली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका -२ नहर टोलका ४६ बर्षीय सैनी उराउ र ३५ वर्षीया संगीता उराउ छन् । गत मंसिर २६ गते साँझ रंगेली-२ नहर टोलबाट हराएकी चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसा उराउको शव दुइ दिनपछि घर पछाडि पैनीमा गाडेको अवस्थामा भेटिएको थियो ।
उनको हत्या गरी शव गाडेको प्रहरीको आशंका छ । सो हत्या घटनाको अनुन्धानका क्रममा ती दुवैजनाको सम्लग्नता देखिएको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका दुवैजनालाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *