सुनसरीकाे पहिलाे थारु सङग्रहालय रामधुनी-२ शिवनगरमा ।थारु पाेर्टल

Spread the love

६।पुष ।कानेपेखरी 

विद्यानन्द चाैधरी

रामधुनी-२ शिवनगरमा २०७६/ ७७ मा थारु सङग्रहालयकाे  स्थापना भएकाे छ ।उक्त सङग्रहालयमा आदीवासी जन्तातीहरुकाे जिवन देखी मृत्युकाल सम्मकाे वृत चित्र काेरिएकाे छ ।जसमा थारु जातीहरुपनी आर्थिक, सामाजिक, राजनीतिक प्रतिस्पर्धामा अघि बढेका देखिन्छन् ।तरपनी  ग्रमिण क्षेत्रमा परम्परगत जीवन शैली लाईनै निरन्तरता दिएकाे पाईन्छ । थारुहरुकाे  भाषा, संस्किृति रहन सहन थारु भेष भुसालाई  नयाँ पुस्ताले विर्सन लागेको हुनाले चित्रबाट सङग्रहालयमा देखाईएकाे छ ।

थारुहरुकाे पहिचान पछिका पुस्ताहरुले हेरुन भनेर वा  सम्झाउने उदेश्यले रामधुनी-२ शिवनगर झुम्कामा  सङग्रहालय स्थापना गरिएको छ ।जसमा १ वटा सभाहल १ वटा मन्दिर कल्व पनी रहेकाे छ ।  सामुदायीक कार्यको सुविधा जुटाएको छ । पुर्ख्योैली जीवन शैली बुझाउने, प्रेरणा दिने भूमिका खेल्नेछ ।अरु समुदायले थारु जातिको पहिचान सङक्षेपमै भएनि बुझ्ने छन् । सङग्रहालयको अध्यक्ष फागुलाल चोैधरीले त्यहाँ थप पुराना सामाग्रीहरु जुटाउने प्रयास भैरहको तथा वजेटकाे अभावले पनी उद्घाटन हुन न सकेकाे वताउछन अध्यक्ष  ।

थारु सङग्रहालय प्रदेश सरकारकाे ३०लाख  र ७लाख नगरपालिका तथा स्थानिय समाजसेवी हरुकाे सहयाेगले बनेकाे हाे भने सङग्रहालयमा रहेकाे थारु सामग्रीहरु टाेल टाेल बाट सहयाेग स्वरुप आएकाे छ ।जसमा खर खरीया, बैल गाडा, पटिया समा चखेवा,  ढाकी, ढाेलक, हुक्का, डैठ,बेना चुलाे  आदी थारु समुदायले प्रयाेग गर्ने समानहरु सजाईएकाे छ । सङग्रहालयकाे भित्तामा काेरीएकाे एतिहासिक चित्र हरी शंकर चाैधरीले वनाएकाे जानकारी अध्यक्ष फागुलाल चोैधरीले थारु पाेर्टललाई दिनु भयाे ।

स्थानिय अग्रज पत्रकार तथा सुनसरी फाेनिजका जिल्ला अध्यक्ष धिरेन्द्र चाैधरीले सङग्रहालयकाे प्रचार प्रसारकाे निम्ति आदिवासी जनजाती पत्रकार हरुलाई समेत अबलाेकन गराई सकेका छन भने फाेनिज जिल्ला अधिवेशन  गराईसकेकाे जानकारी दिनुभयाे । उहाँले पटक पटक सङग्रहालयकाे समाचार लेखेका छन ।विभिन्न ठाउका थारुहरु सङग्रहालय हेर्न आउने गरेका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *