कानूनी परामर्श तालिम सम्पन्न ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, ७ पुस
मोरङको पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समितिको सहयोगमा वडा नम्बर ८ मा ५ दिने कानूनी परामर्श तालिम सम्पन्न भएको छ ।
नेपालको संविधान २०७२ र मौलिक हक अधिकार सम्बन्धी कानूनी परामर्श तालिमका क्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले युवा पुस्तालाई कानून सम्बन्धी सूचुचित बनाउँदा अव आउने पुस्तालाई न्यायका लागि सहज हुने बताउनु भयो । स्थानीय प्रभात सामुदायिक युवा क्लबको आयोजनामा सञ्चालित तालिमको नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता दीपक राईले सहजिकरण गर्नुभयो ।
क्लब अध्यक्ष नवीनजंग कार्कीले यसखाले तालिमले युवाहरुमा कानूनी जानकारी भई समाजलाई सभ्य बनाउन मद्धत पुग्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *