रंगेली आँखा तथा कान उपचार केन्द्र ले गर्याे अन्तक्रिया  ।थारु पाेर्टल

Spread the love
पुस १०  रबिन्द्र बराल
नेपाल रेडक्रस सोसाइटी उपशाखा रंगेली रेडक्रस ले १ दिने आँखा तथा कान उपचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम काे आयोजना गरेको छ । रंगेली नगरपालिका ७ स्थित अस्पताल नजिकै  रहेको आँखा तथा कान उपचार केन्द्रकाे प्राङ्गणमा कार्यक्रमकाे आयोजना गरिएको थियोे ।
नेपाल नेत्र ज्योति संघ पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम बिराटनगर आँखा अस्पताल रानीकाे सहयोगमा आँखा तथा कान उपचार केन्द्र, रंगेलीमा सन्चालन समेत हुदै आएकाे छ । कार्यक्रम आँखा तथा कान उपन्चार केन्द्र रंगेलीका डाक्टर भक्त सिंह , नेपाल रेडक्रस सोसाइटी अध्यक्ष विनोद मंण्डल, उपाध्यक्ष जगरनाथ मंण्डल , पुर्व अध्यक्ष बजरंग अग्रवाल, बुद्धिजीवी मंगलचन्द अग्रवाल ,शिशुपालय यादव, धर्मधाेज पाैडेल, राजेश गाेल्यान, लगायतको उपस्थिति रहेको थियो ।
अन्तक्रियामा सहभागीहरु ले भने पछिल्लो समयमा रंगेलीमा आँखा तथा कानकाे उपचार रंगेलीमै हुदै आएकाेमा यस भेगमा सर्वसाधारण तथा सिमाबर्ति क्षेत्रका स्थानीयले सेवा लिदै आएकाे र सामान्य उपचारका लागि बिराटनगर सम्म जानु नपर्ने भएकोमा सबै पक्षलाई धन्यवाद दिदै आगामी दिन हरुमा साेहि अस्पताल बाट माेतियाबिन्दु लगायतका अप्रेसनकाे समेत उपचार गराएका यसै भेगमा स्थानीयले थप उपचारका लागि बिराटनगर सम्म गएर उपचार गराउनुपर्ने समस्या हटेर जाने समेत सहभागी हरुले बताए ।
आँखा अस्पतालमा सिमावर्ति गाउँ तथा रंगेली, कानेपाेखरी , सुनवर्सि,रतुुवामाई तथ धनपालथान गाउँ पालिका लगातयतका स्थानीयले आँखाकाे उपचार सेवा समेत लिदै आईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *