१० पौष ।पथरी शनिश्चरे,
भूमिप्रसाद पाठक,
नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पथरी शनिश्चरे नगरको दोस्रो अधिवेशन क्षेत्रको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।
दिनभरि चलेको यो अधिवेशनले शिक्षक रोहिणी घिमिरे उर्फ रोहित पराइको अध्यक्षमा सर्वसम्मत २१ सदस्यीय कमिटी निर्वाचत भएका छन् । नवगठित कमिटीको उपाध्यक्षमा क्रमशः हर्कराज जिमी, रीताकुमारी धिमाल, सचिव सुरेन्द्रप्रसाद दाहाल, सहसचिव रञ्जिता बराल, कोषाध्यक्ष पदमा कमला पौडेल निरौला र सहकोषाध्यक्ष कविताकुमारी शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।

निर्वाचित कमिटीमा सदस्यहरु क्रमशः केशवप्रसाद बजगाईं, पुण्यप्रसाद खरेल, हरिप्रसाद ढकाल, दमनध्वज आङ्देम्बे, धलबहादुर मगर, तारानीधि तिम्सिना, अम्बिका ढकाल न्यौपाने, विष्णुभक्त भण्डारी, नम्रता लामिछाने, नवीनचन्द्र आचार्य सर्वसम्मत चयन भएका हुन् भने महिलातर्फ क्रमशः तारादेवी खतिवडा, रूपमाया बस्नेत, साेमा सापकोटा, गीताकुमारी महत्तो सर्वसम्मत् चयन भएका छन् । शिक्षकहरूले पेशागत मर्यादालाई ख्याल गर्दै सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानमा सामेल हुनुपर्नेमा प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले समुद्घाटनको सन्दर्भमा जोड दिइन् ।

अधिवेशनको अध्यक्षता निवर्तमान नगर अध्यक्ष रवीन भट्टराईले गरेका थिए । नेपाल शिक्षक संगठनको १ नं प्रदेश कमिटी अध्यक्ष बुद्धिमान कार्की, नेराशिस मोरङ अध्यक्ष प्रेमप्रसाद भट्टराई , संगठनकै सहसचिव रीता पाठक, एमाले १ नं प्रदेश सदस्य पर्शुराम मिश्र, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य धर्मानन्द खरेल, एमाले जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलिया, शिक्षक महासंघका पथरी शनिश्चरेका नगर अध्यक्ष अर्जुनकुमार बुढाथोकी, प्याब्सन मोरङका सदस्य राजु तिमिल्सिना, अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष उपेन्द्र बस्नेत, कर्मचारी परिषद् नगर अध्यक्ष छवि घिमिरेलगायतले सारगर्भित सम्बोधन सहित शुभकामना मन्तव्य राखेका थिए । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको एमाले र यसको निकट शिक्षक संगठनको यो अधिवेशनले निकै ठूलो तरंग ल्याएको अधिवेशनमा सहभागी जनता माविकीलशिक्षिक देवी लुइँटेलले बताइन् ।
अधिवेशनको अवसरमा विभिन्न संघसंगठनमा रही विशिष्ट योगदान गर्नुहुने १५ जना शिक्षकशिक्षिकाहरूलाई सगर्व सम्मान समेत गरिएको थियो । सम्मानित हुनुहुने शिक्षकहरूमा क्रमशः एकराज निरौला, डिल्लीराज दाहाल, रूद्व अधिकारी, केशव दाहाल, ऋषि सुवेदी, भगतचन्द्र थपलिया, रूपनारायण भट्टराई, दलबहादुर तामाङ, असल पयाङगू, केदार कोइराला, टीका दाहाललगायत रहेका छन् ।