पुस ११
रबिन्द्र बराल

सडक अनुसाशन पालन तथा सवारी दुर्धटना न्युनिकरणका लागि ट्राफिक सप्ताह जनचेतनामूलक कार्यक्रम पुस ४ गतेदेखि १० गते सम्पन्न भएको छ ।
प्रदेश नम्बर १ काे १४ जिल्लाका सम्पुर्ण युनिटलाई निर्देशन दिए संगै सप्ताह कार्यक्रम सम्पन्न भएको हाे । साेहि क्रममा रंगेली अस्थाई ट्राफिक चेकपाेष्टले पनि विभिन्न कार्यक्रमकाे आयोजना गर्दे ट्राफिक सप्ताह मनाएकाे छ ।
रंगेली चेक पाेष्टले साता दिन भित्र रंगेली बिराटनगर सडका गुडने सार्वजनिक बसमा यात्रु हरु संग चालक तथा सहचालक हरुले यात्रु हरु प्रति गर्ने व्यवहार तथा बसमा अपांग , महिला, हरुकाे सिटकाे व्यवस्थापन र भाडा दर सम्धित कुराहरुकाे समेत जानकारी लिएकाे थियोे । साेहि क्रममा माउन्ट मकालु बाेडिङ स्कुलमा रहेकाे बिधार्थिहरुलाई समेत ट्राफिक सम्धित जनचेतनामूलक कार्यक्रमकाे समेत आयोजना गरेका थिए । आन्तरिक मामिला कानुन मन्त्रालय तथा १ नम्बर प्रदेश ट्राफिक कार्यलयकाे आयोजनामा साप्तह कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरीका प्रहरी निरिक्षक चन्द्र बहादुर खड्काले बताए ।

उनलेे भने आफुहरुले साता दिनमा सडक सुशान , सडक दुर्घटना कम गर्ने विभिन्न संध संस्था हरुकाे सहयोगमा सप्ताह कार्यक्रम गर्न सफल भएको खड्काले जानकारी दिए । त्यसैगरी रंगेलीकाे मुख्य चाेकमा रहेको कालिमंन्दिरकाे प्राङ्गणमा टेम्पु, सिटिसफारी तथा बस चालक हरुलाई एक दिने स्वास्थ्य परिक्षणमा आँखाकाे समेत परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणमा टाईम्स अस्पताल तथा सिद्धाथ अस्पतालका अहेव र डाक्टर हरुले चालक हरुकाे स्वास्थ्य परिक्षण समेत गरेको अस्थाई ट्राफिक चेक पाेष्टका प्रमुख निलमिण पाेख्रेलले बताए ।

पछिल्लो समयमा ट्राफिक हरुले सवारी चेक जाँचका क्रममा माेटरसाईकल, टेम्पु सार्वजनिक वस , तथा ट्याक्टर हरुकाे मात्रै चेक जाँच हुदै आईरहेता पनि ट्राफिक प्रहरी हरुले निजि कार , मारुती तथा सरकारी नम्बर प्लेटका सवारी साधन हरु लाई भने कुनै पनि चेक जाँच नगरि छाडिने गर्दा माेटरसाईकल चालक हरुले भने आफू हरुलाई मात्रै ट्राफिक प्रहरीले दुख दिने गरेको र चिल्ला सरकारी गाडि हरुलाई चेक जाँच नगरि छाडने गरेको आराेप समेत लगाउदै आएका छन ।