२ नम्बर वडामा पशुपंक्षीलाई निःशुल्क खोप ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, १२ पुस
मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा पशुपंक्षीहरुका लागि सुरु गरिएको निःशुल्क खोप अभियान अन्तर्गत आज वडा नम्बर २ मा कार्यक्रम सञ्चालन भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र प्रदेश १को सहयोगमा नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा १ हजार २ सय वटा बाख्रालाई पीपीआर र ५ सय ५० वटा गाई भैंसीलाई खोरेत विरुद्धको खोप लगाइएको छ । हिजो वडा नम्बर ३ मा खोप लगाइएको थियो ।
भोली ४ नम्बर वडा कार्यालय परिसरमा खोप लगाइने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । यसैबीच, आज पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका पशु चिकित्सक विनोद शाह र पशुविकास अधिकृत हिमादेवी गौतमको टोलीले खोपको अनुगमन् गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *