धनपालथानमा एक दिने निशुल्क  स्वास्थ्य शिविर सम्पन्न।थारु पाेर्टल

Spread the love

 पुष १४ बुधबार

रबिन्द्र बराल

धनपालथान गाउँपालिकाले घरदैलोमा स्वास्थ्य सेवा पु-याउने उदेश्यका साथ एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँपालिका र विराट टिचिङ अस्पताल तथा गोल्छा आखाँ अस्पतालको  संयुक्त रुपमा प्राविधिक सहयोगमा गाउँपालिकाले एकदिने शिविर गरेको हाे ।

 

शिविरमा ६ सय ८१ जनालाई शिविरमा स्वास्थ परिक्षण गरेको थियोे । साे कार्यक्रम वार्डन ७ स्थित सर्वोदय मावीमा भएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताए । शिविरमा स्त्रिीतथा प्रसुति, मुटुरोग,छालारोग, जनरल फिजिसियन, हाडजोर्नी तथा आँखा रोग सम्वन्धि विशेषज्ञसेवा दिएका थिए । शिविरमा बिरामी हरुलाई ९० प्रकारकाे औषधि निशुल्क वितरण गरेका थिए ।

 

शिविरकाे उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले गरेका थिए । उहाँले स्वास्थ्य सेवामा पहुच पुग्न नसकेको विपन्न परिवारलाई पालिकालेे यसरी गाउँ मै स्वास्थ्य शिविर ल्याएकाे मा धन्यवाद समेत दिएका थिए । धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिंहले घरमा वसेर रोग लुकाउने वानी अहिलेपनी रहेकाले त्यस्ता विरामीलाई अस्पतालमा आएर निशुल्क सेवालिन आग्रह समेत गर्नु भएको थियो । शिविरमा आएका ४७ जनामा मोतियाविन्दु देखिएकाले उनिहरुलाई गाउँपालिकाको सहयोगमा गोल्छा आखा अस्पतालमा निशुल्क अपरेशनको व्यवस्था मिलाइएकाे सिंहले बताए । सिविरमा विराट टिचिङ अस्पताल तथा गोल्छा अस्पतालका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *