सुनाखरी माविमा २९ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, पौष १५ गते ।
भूमिप्रसाद पाठक, 
 बजार क्षेत्रमा रहेको सुनाखरी माविमा २९ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईंको अग्रतामा सुध्रिएको विद्यालयको यो वार्षिकोत्सव २९ औँ लेखिएको केक काटेर नगर प्रमुख दीलिपकुमार राईले शुभारम्भ गरेका थिए ।
शुभारम्भको अवसरमा मन्तव्य राख्दै प्रमुख वक्ता नगरप्रमुख दीलिपकुमार राईंले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उठ्नुपर्छ भन्ने धारणा राखेका थिए । कार्यक्रमका विशिष्ट अतिथिहरुमा क्रमशः पञ्चायत नमुना माविका प्राचार्य अर्जुनकुमार बुढाथोकी, नगर शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, नगरपालिका शिक्षा अधिकृत नवीनकुमार खुलालले शुभेच्छास्वरुप सहभागी रहेका थिए । कार्यक्रममा अतिथिहरूमा क्रमशः दिनानाथ तिम्सिना, रुपनारायण भट्टराईं, कुमार चाम्लिङ, तुलसी ढकाल, भीमकुमार राईं, जनगायक वीरध्वज सिवा रहेका थिए ।
कार्यक्रममार्फत सहभागी सबैलाई विद्यालयका शिक्षक तारा तिम्सिनाले स्वागत गरेका थिए । सोही कार्यक्रममा मन्तव्य राख्नेहरूमा कुमार चाम्लिङ, रुपनारायण भट्टराईं र अर्जुनकुमार बुढाथोकी रहेका थिए भने कार्यक्रममार्फत सम्मानित हुनेहरूमा उत्कृष्ट शिक्षक ऋषिबहादुर काफ्ले र शिक्षिका सिर्जना राई रहेका थिए । सँगसँगै लामो समयसम्म सेवा गर्ने शिक्षक तेजबहादुर थापा र विशिष्ट योगदान गर्नुहुने पूर्व विद्यालय व्यवस्थापनका अध्यक्षत्रय रत्न साउदेन, अनीलकाजी राईं र कुमार चाम्लिङ सम्मानित भएका थिए । कार्यक्रममार्फत विद्यालय कर्मचारीद्वय युवराज ढकाल र सन्तबहादुर तामाङलाई दोसल्ला सहित सम्मानपत्र हस्तान्तरण गरेर नगरप्रमुख राईंले सम्मान गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रअ नरेन्द्र घिसिङले प्रकाश पारेका थिए भने यसको सञ्चालन वलराम तिम्सिना र सिर्जना राईले गरेका थिए । विद्यालयका शिक्षिकाको विभिन्न साँस्कृतिक नृत्यले कार्यक्रमको आकर्षणता बढाएको थियो । विज्ञान प्रयोगशालाको विभिन्न स्टलहरू देखाइएको जानकारी विद्यालयका विज्ञान शिक्षक राजेन्द्रकुमार दाहालले दिए । कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईंले अभिभावकले आफ्ना बालबालिका विद्यालय पठाउने काम, शिक्षकले पढाउने काम र विद्यालय व्यवस्थापन समितिले विद्यार्थी र शिक्षकबीच आपसी तालमेल मिलाएर शैक्षिक सामग्री जुटाउने काम रहेको तथ्यगत अवस्थालाई दोहोराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *