पथरी बहुमुखी क्याम्पसमा राजनीतिक आवरणभित्र उदांगोस्वरुप ।थारु पाेर्टल

Spread the love
पथरी शनिश्चरे, पुष १८ गते ।
भूमिप्रसाद पाठक, 
नगरको एकमात्र डिग्री क्याम्पस– पथरी बहुमुखी क्याम्पसको हाताभित्र प्रवेश गरेर केही विद्यार्थी नेताहरूले आफ्नो उदांगस्वरुप देखाएका छन् । नेविसंघ जिन्दावाद ! प्राध्यापक संघ मुर्दाबाद ! क्याम्पस प्रशासन मुर्दाबाद ! क्याम्पस प्रमुख राजीनामा दे ! भन्दै क्याम्पस हाताभित्र प्रवेश गरेका विद्यार्थीहरूले प्राध्यापक–कर्मचारी बैठक कक्ष पुगेर अवरुद्ध गरे । अत्यन्तै अशोभनीय र मर्यादाहिन ढंगले आएका विद्यार्थीहरूले केही समयअघि वनभोज जान भनेर पैसा उठाइरहेका थिए, क्याम्पस प्रशासन र प्राध्यापकबाट सो पैसा उठाउन नमिल्ने र विद्यार्थीहरूले नपाउने भएपछि यसलाई राजनीतिक रंग दिन खोजिएको जानकारहरू बताउछन् ।
नेविसंघ माउ पार्टी नेपाली काँग्रेसले अत्यन्तै भरविश्वास गरेको उसको भातृ संगठन हो । स्टाफ बैठक बसिरहेको बेला अनुमतिबिना नै नेविसंघ नेतृत्वको हुल मिटिङ सभाहल प्रवेश गरेको यो शक्तिले क्याम्पस परिसरमा नाराबाजी मात्र गरेनन्, कक्षाकोठाका ढोकाहरू समेत क्षतविक्षत हुने गरी फोरेका छन् । यसबीचमा उनीहरूले बैठक चलिरहेको कक्षबाहिरबाट चुकुल लगाइदिने र त्यहिं चुकुलमाथि हिर्काएर फुटाइएको बताइन्छ । सुरुमा १५  १६ जनाको संख्यामा देखिएका विद्यार्थीहरू आफैमा चर्काचर्की गर्न थालेपछि थप विद्यार्थीहरू बोलाइएको थियो, कतिपयलाई ल्याइएको थियो । भएको के हो ? थाहै नपाइकन कतिपय विद्यार्थीहरू घटनास्थलमा पुगे पनि घटना सचित्र थाहा पाएपछि यो भत्सर्ना र निन्दायोग्य घटनामा आफ्नो कुनै चासो नरहेको भन्दै थुप्रै विद्यार्थीहरू क्याम्पसबाहिरिँदै गरेको एकजना प्राध्यापक बताउनुहुन्छ । यसबारे विकसित घटना सन्दर्भहरू अनलाइन समाचार पृष्ठमा आइरहँदा निन्दा, आलोचना र भत्सर्ना विषयले एउटा जिम्मेवारी राजनीतिक दलसम्बद्ध शक्तिको अगुवाइमा सार्वजनिक सम्पत्तिमाथिको तोडफोडको प्रश्न निकै गम्भीर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *