लुथरन समुदायिकले काेशी अंञ्चलस्पताललाई ४२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण ।थारु पाेर्टल

Spread the love
पुस १८ आईतबार
रबिन्द्र बराल
हामी सबैको प्रतिबद्धता, कोभिड–१९ रोकथामका लागि ऐक्यवद्धता’ भन्ने मुल नारासहित कोभिड–१९ को जोखिमलाई प्रतिकार्य गर्नका लागि लुथरनले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाज, रंगेली माेरङले बिराटनगर स्थित कोशी अञ्चल अस्पताललाई ४२ लाख ७४ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
दातृ निकाय अष्ट्रेलियन एडको सहयोगमा लुथरनले कोशी अस्पताललाई भेन्टिलेटर, बि–पप मेशिन, आईसीयू बेड लगायत एन–९५ मास्क, सर्जिकल ग्लोभ्स्, अक्सिमिटर, स्यानिटाईजर, फेस शिल्ड लगायतका स्वास्थ्य सामाग्रीहरु निशुल्कः उपलब्ध गराएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षामन्त्री मिनेन्द्र रिजाल, कोशी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादव, लुथरन विश्व फेडेरेसन नेपालका प्रतिनिधि सपना प्रधान संस्थाका परियोजना अनुगमन तथा मूल्याङ्कन व्यवस्थापक सुमन राई तथा डाटा व्यवस्थापन सहायक अस्मिता चौधरी , जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डल लगायत स्थानीय जनप्रतिनिधिहरु, मिडियाकर्मीहरु तथा लक्षित समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि रिजालले भने लुथरनले सिमान्तकृत वर्गहरुको समुदायमाले गर्दै आएको मानवीय सेवा कार्य उदाहरणीय रहेको र यसअघि पनि लुथरनले गर्दै आएको मानवीय सहयोगको प्रशंसा गर्दै अस्पताललाई गरेको सहयोगप्रति धन्यवाद समेत दिएका छन । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड–१९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्वसाधारणको उपचारमा सहजता प्रदान गरेकोमा लुथरन समाज ले ग्रामीण क्षेत्रमा रहेर पिछडिएको समाजमा काम गर्ने संस्थाले त्यहाँका स्थानीयवासी समेत लाभान्वित भएको र होउन् भन्ने उदेश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकोमा आफूलाई खुशी लागेको बताए ।
लुथरनले गर्दै आएको मानवीय सेवा कार्यको बारेमा कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्था मार्फत कोभिडको समयमा र अन्य विपदको समयमा समुदायमा काम गर्न पाउँदा आफूहरुलाई निकै गर्व लागेको सहभागी हरु ले बताए । संस्थाको कार्यक्षेत्र अन्तर्गत रहेको गाउँपालिका तथा नगरपालिका स्वास्थ्य संस्थाहरुलाई निःशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण समेत गर्दे आईरहेकाे छ।

Enter

Rabindra

Rabindra Baral
Open photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *